मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |

‘मधेशी महिलाको हक–अधिकार र समानताका लागि मेरो उम्मेदवारी’ : पुनम कुमारी अग्रवाल

Ujyalosandeshonline 11002+ समाचार ( )
१२ पौष २०८२, शनिबार

नेपाली राजनीतिमा पछिल्लो समय नयाँ र सक्षम अनुहारहरूको आगमन बढ्दो छ । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट मधेशी महिला क्लस्टर अन्तर्गत समानुपातिक उम्मेदवारको आकांक्षीका रूपमा पुनम कुमारी अग्रवाल चर्चामा हुनुहुन्छ । समाजमा विद्यमान विभेदको अन्त्य र मधेशी महिलाहरूको सशक्तिकरणलाई आफ्नो मुख्य ध्येय बनाएकी अग्रवालसँग सञ्चारकर्मी विवेक विश्वकर्माले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ः

राजनीतिमा यहाँको आगमन कसरी भयो ? यसको पछाडिको मुख्य उद्देश्य के हो ?

मेरो राजनीतिमा प्रवेश कुनै व्यक्तिगत लाभ वा पदको आकाङ्क्षाका लागि भएको होइन । समाजमा अझै पनि गहिरो असमानता विद्यमान छ । अधिकारबाट वञ्चित नागरिकहरूको आवाज कहीँ न कहीँ दबिएको महसुस हुन्छ । म तिनै दबिएका आवाज, विशेषगरी मधेशी महिलाहरूको हक–अधिकार र उनीहरूको समान सहभागिता सुनिश्चित गर्न चाहन्छु । यही उद्देश्य प्राप्तिका लागि र समाज सेवाको भावनाले नै मैले राजनीतिक यात्रा सुरु गर्ने निर्णय गरेकी हुँ ।

नेपालमा धेरै राजनीतिक दलहरू छन्, तर तपाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै किन रोज्नुभयो ?

रास्वपा परम्परागत राजनीतिको विकल्प मात्र होइन, यो एउटा यस्तो माध्यम हो जसले नयाँ सोच र स्पष्ट भिजन भएका व्यक्तिहरूलाई अवसर प्रदान गर्दछ । अन्य दलहरूले परिवर्तनको नारा मात्र बोकेको देखिन्छ, तर रास्वपाले व्यवहारमै नयाँपन र कार्यशैलीमा परिवर्तन ल्याउन खोजिरहेको छ । विवेकपूर्ण राजनीति, सुशासन र डेलिभरीमुखी कार्यशैलीका कारण रास्वपा मेरो पहिलो र स्वाभाविक रोजाइ बन्यो ।

तपाईंले उम्मेदवारी दिइरहँदा अघि सार्नुभएका मुख्य एजेन्डाहरू के–के हुन ?

मेरा एजेन्डाहरू निकै स्पष्ट र जनमुखी छन्— अधिकार, समानता र वास्तविक परिवर्तन । हामीले जति नै कुरा गरे पनि मधेशी महिलाहरू अझै पनि शिक्षा, स्वास्थ्य र राज्यको मूल प्रवाहबाट पछि परेका छन् । मेरो मुख्य लक्ष्य भनेको उनीहरूलाई राज्यको नीति निर्माण तहमा पु¥याउनु, शिक्षा र स्वास्थ्यमा सहज पहुँच स्थापित गर्नु र विभेदमुक्त समाज निर्माण गर्नु हो । म यिनै मुद्दाहरूलाई स्थापित गर्न चाहन्छु ।

आगामी निर्वाचन र आफ्नो उम्मेदवारीप्रति मतदाताहरूबाट कस्तो अपेक्षा राख्नुभएको छ ?

अहिलेका मतदाता निकै सचेत भइसकेका छन् । मलाई पूर्ण विश्वास छ कि जनताले अब पुरानो विचार र परम्परागत अनुहारभन्दा पनि नयाँ सम्भावना, जोस र कार्यक्षमतालाई प्राथमिकता दिनेछन् । मतदाताको साथ र विश्वास नै मेरो शक्तिको मुख्य स्रोत हो । मलाई प्राप्त हुने एउटा मतले पनि समाजमा नयाँ सम्भावनाको ढोका खोल्नेछ र सकारात्मक परिवर्तनको सुरुवात गर्नेछ भन्नेमा म विश्वस्त छु ।

अन्त्यमा, आम मतदातालाई के भन्न चाहनुहुन्छ ?

म सबैमा विनम्र आग्रह गर्न चाहन्छु कि मतदान गर्दा आफ्नो विवेक प्रयोग गर्नुहोस् र योग्य प्रतिनिधि छान्नुहोस् । हामीले आज लिने सही निर्णयले नै हाम्रा सन्तानको भविष्य उज्ज्वल बनाउनेछ । मलाई विश्वास गरेर हौसला प्रदान गर्नुहुने सम्पूर्णमा धन्यवाद दिन चाहन्छु र समाज रूपान्तरणको यो अभियानमा हातेमालो गर्न अपिल गर्दछु ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार