मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

क्षेत्र नम्बर ५ बाट मोहम्मद वकील एक्लो उम्मेदवार सिफारिस

Ujyalosandeshonline 12437+ समाचार ( )
नेपाल कम्युनिष्ट पार्टीको सर्वसम्मत निर्णय
२२ पौष २०८२, मङ्गलबार

भैरहवा । आगामी निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) ले क्षेत्र नम्बर ५ बाट मोहम्मद वकीलको नाम एक्लो उम्मेदवार का रूपमा सिफारिस गरेको छ। पार्टीको क्षेत्रीय कमिटीले सर्वसम्मत रूपमा वकीललाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

पार्टीभित्रका आन्तरिक छलफल र मूल्याङ्कनपछि वरिष्ठ नेता तथा स्थानीय स्तरमा लोकप्रिय रहेका एमडी वकीललाई नै अघि सार्ने निर्णयमा कमिटी पुगेको हो। क्षेत्रीय कमिटीले गरेको यो सिफारिस अब जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमा पठाइनेछ।

मोहम्मद वकीलको स्थानीय क्षेत्रमा बलियो जनसम्पर्क र राम्रो छवि रहेको छ ।  उनको पार्टीका लागि लामो समयदेखिको निष्ठावान योगदानलाई कदर गरिएको पार्टीका कार्यकर्ताले प्रतिक्रिया जनाएका छन   अन्य आकांक्षीहरूभन्दा उनको जित्ने सम्भावना बलियो रहेको उनिहरुको जिकिर छ ।

यस निर्णयसँगै क्षेत्र नम्बर ५ मा ने.क.पा.बाट अब वकीलले मात्रै टिकटका लागि आधिकारिक दाबी प्रस्तुत गर्न पाउनेछन । यो सिफारिसले अब केन्द्रले उनिलाई टिकट दिने सम्भावना बलियो बनाएको छ। यस क्षेत्रमा ने.क.पा.ले आफ्नो चुनावी तयारीलाई तीव्रता दिएको समेत जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार