मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


कृषक समूह महासंघमा राजनीति घुस्यो, नेतृत्वमा हानाथाप

Ujyalosandeshonline 12431+ समाचार ( )
३ फाल्गुन २०८०, बिहीबार

काठमाडौं । देशभरका कृषकहरुको साझा संस्था राष्ट्रिय कृषक समूह महासंघ राष्ट्रिय महाधिवेशनमा जुटेको छ । फागुन ५ र ६ गते नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा महाधिवेशन हुँदैछ ।

नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनमा नेतृत्वका आकांक्षीहरुले चुनावी अभियानलाई तिब्रता दिएका छन् । अध्यक्षका लागि सस्थापक अध्यक्ष उद्धव अधिकारी, महासचिब रीता बस्ताकोटी, उपाध्यक्ष पञ्चकाजी श्रेष्ठ चुनावी दौडमा छन् ।

तर पछिल्लो समय महासंघमा दलीय राजनीति घुस्न थालेपछि गैरराजनीतिक संस्थाको गरिमामाथि प्रश्न उठेको छ । विदेशी दातृ निकायहरुले आर्थिक सहयोगलाई बृद्धि गर्न थालेको र महासंघप्रति सरकारले समेत चासो देखाएसँगै नेतृत्वका लागि अस्वस्थ्य प्रतिस्पर्धा शुरु भएको संस्थापकहरु बताउने गर्छन् ।

आवाजविहीन कृषकहरुको आवाज बुलन्द गर्ने भन्दै स्थापना भएको महासंघको काम पछिल्लो समयमा दाता फकाउने र डलरको खेती गर्ने भएको कृषक अगुवाहरुले गुनासो आउन थालेको छ । महासंघमा साना किसान भन्दापनि कर्मचारी र पदाधिकारीको मिलिभगतमा संस्थाको नाममा दाता फकाउने र व्यक्तिगत फाइदा लिने काम मात्रै भएको उनीहरुको गुनासो छ ।

एक सदस्यले भने ‘गरिब किसानको नाममा खोलिएको संगठनमा लाखौं रुपैंयाँ मासिक तलब खाने कमचारी बग्रेल्ती छन्, सिमित पदाधिकारी जहाजमा देश दौडाहा गरिरहेका छन् । तर कृषकले के पाए, कहिले समिक्षा भएन ।’ महासंघलाई केयर नेपाललगायतका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले बार्षिक करिब १३ करोड बराबरको लगानी गरेपनि सबै लगानी बालुवामा पनि जस्तै भएको किसानहरुले गुनासो गरेका छन् ।

महासंघ सस्थापक उपाध्यक्ष भक्तबहादुर बस्नेत महासंघ केही मान्छेको कमाई खाने भाँडो भएको बताउँछन् । उनी भन्छन्, ‘महासंघले देशभरका किसानको टाउको गनेर डलरको खेती मात्रै गरिरहेको छ ।’ अर्का सस्थापक उपाध्यक्ष हर्कबहादुर थापाले महासंघले सस्थापकहरुलाई वेवास्था गरेको गुनासो गरे । उनले भने ‘संस्थापकहरुलाई अहिले खासै जानकारी दिइँदैन ।’

महासंघ गैर राजनीतिक चरित्रको संगठन भनिएता पनि दलगत स्वार्थ समुहहरु सक्रिय रहेकोमा एक प्रतिनिधिले दुःख व्यक्त गरे । नयाँ नेतृत्वका लागि महासचिव वास्ताकोटी र उपाध्यक्ष पञ्चकाजी श्रेष्ठ तयारीमा लागेका छन् । अध्यक्ष बस्नेतको समूह वास्ताकोटीलाई रोक्न श्रेष्ठको प्यानल नै चुनावी मैदानमा ल्याउने तयारीमा रहेको बुझिएको छ ।  

महासंघको विधानले वर्तमान अध्यक्षलाई पुनः अध्यक्ष हुन रोकेपछि बस्नेत दाउमा देखिएका छन् । बस्नेत आफु नहुने अवस्थामा सस्थापक अध्यक्ष उद्धव अधिकारीलाई समेत चुनावी मैदानमा आउन नदिने रणनीतिमा लागेको निकट स्रोतले जनाएको छ । अधिकारी वडादेखि नै छानिएर केन्द्रिय प्रतिनिधि बनेको भन्दै आफू भावी अध्यक्षका लागि बलियो दाबेदार भएको बताउँदै आएका छन् । 

अधिकारीले भने ‘महासंघ जुन उद्देश्यका साथ स्थापना भएको थियो त्यो अवस्थामा देखिएन, समग्र किसानको महासंघ बनाउन प्रयत्नरत छु ।’ साना किसान, भूमीहिन र अल्पसंख्यकलाई संगठित गर्ने उद्देश्यसहित काम गरेको जस पाएका सस्थापक अध्यक्षलाई पुनः अध्यक्ष बनाउनुपर्ने मत भएपनि उनलाई रोक्न महासंघको वर्तमान नेतृत्व कठोरताका साथ लागेको उनी निकटका प्रतिनिधिहरु नाम नखुलाउने सर्तमा बताउँछन् ।

पछिल्लो समयमा पनि अधिकारीको प्रतिनिधित्वको विषयमा प्रश्न उठाइएको थियो । वर्तमान नेतृत्वले लोकतान्त्रिक मूल्य मान्यतालाई समेत लत्याउँदैमा वाहुवलका भरमा प्रतिनिधि ल्याउने कसरत गरेको समेत आरोप लागेको छ । महाधिवेशनबाट पुरानै व्यवस्था कायम गरे फेरि सस्थापक अध्यक्ष अधिकारी नेतृत्वमा आउने संभावना छ । अधिकारी अघि बढे महाचिव बास्ताकोटीले अधिकारीलाई समर्थन गर्ने बताइन्छ ।

महासविच वास्ताकोटीले आफ्नो उम्मेदवारी गरिब किसानको पक्षमा काम गर्नका लागि भएको बताइन् । लामो समयसम्म कृषक प्रशिक्षाका रुपमा किसानको खेतमा काम गरेको अनुभव बोकेकी वस्ताकोटीले भनिन् ‘५१ प्रतिशतभन्दा बढि महिला सदस्य रहेको महासंघलाई महिला, भूमीहिन, पछाडी पारिएका किसानको बनाउन अध्यक्षमा उम्मेद्वारी दिन लागेकी हुँ ।’

उनले हालको नेतृत्व परियोजनामूखी भएकाले किसानका मुद्दा ओझेलमा परेकाले अब त्यसलाई रोकेर किसानको पक्षमा पैरवी गर्न उम्मेदवारी दिन लागेको बताइन् ।

नेतृत्वले संरचनामुखी अभियान सञ्चालन नगरी परियोजनामुखी कार्यकाल विताएकाले सबैभन्दा महत्व एजेष्डा कृषक समूहलाई अनिवार्य प्यानलको व्यवस्थाको नीतिले साना, सिमान्त, महिला किसानको सरकारी सेवामा पहुँचको अवस्थालाई पूर्ण रुपमा बन्देज गरेको अवस्थालाई महासंघको वर्तमान नेतृत्वले चासो नदिएकाले बहुसंख्यक बर्ग महासंघको बर्तमान एजेण्डाबाट बाहिर रहेकाले त्यसलाई स्थापित गर्न आफुले उम्मेदवारी दिएको बताइन् । उपाध्यक्ष श्रेष्ठले आफु सस्थापक भएकाले अध्यक्ष हुने पालो आएको बताउने गरेका छन् ।  श्रेष्ठसँग पटक पटक मोबाइलमा सम्पर्क गर्दा मोबाइल फोन रिसिभ भएन् । 

महासंघले विद्यान संशोधन गरी एक कार्यकालभन्दा धेरै अध्यक्ष हुन नपाउने नियम बनाएसंगै सात प्रदेशबाट एक–एक उपाध्यक्ष स्वत हुने व्यवस्था गरिएको छ । महासंघको चुनाव अगाडि सातवटै प्रदेशको अधिवेसन सम्पन्न भएको छ । सातवटै प्रदेश, जिल्ला र पदाधिकारीगरि लगभग सयको हाराहारीमा प्रतिनिधिहरु हुने बताइएको छ । नेकपा एमाले निकट अध्यक्ष बस्नेत, उपाध्यक्ष श्रेष्ठले पार्टीका कार्यकर्ता मात्रै भित्राउने प्रयास गरेको किसान प्रतिनिधिको आरोप छ । तर उनीहरुले ति आरोपलाई अस्वीकार गर्दै आएका छन् । कांग्रेस निकटका उम्मेदवारहरुलाई पनि राजनीति गरेको आरोप लाग्ने गरेको छ । 

अध्यक्ष बस्नेत, कर्मचारी कोइराला आफैं पुगेर प्रतिनिधि छनोटमा चलखेल गरेको आरोप अर्को पक्षका प्रतिनिधिहरुले लगाउने गरेका छन् । तर, अध्यक्ष बस्नेतले सो आरोपलाई अस्विकार गरिरहेका छन् । वागमती प्रदेश अधिवेशनले आएको प्रतिनिधिनले चयन गरेको प्रतिनिधिलाई समेत केन्दिय नेतृत्वले हस्तक्षेपलाई महासचिव वस्ताकाटीले गलत भएको बताएकी छन् ।

संस्थाको विधि, विधान र परम्परालाई कुल्चिएर ‘आर्थिक चलखेल’ र ‘दलीय राजनीति’ भित्रिएको भन्दै केही प्रतिनिधिहरुले खुला रुपमा विरोध जनाउन थालेपछि नयाँ नेतृत्व चयन थप पेचिलो बन्ने देखिएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार