मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

मन्त्रालयलाई बजेट अपुग भएकोमा महिलामन्त्री असन्तुष्ट

Ujyalosandeshonline 12441+ समाचार ( )
१७ जेठ २०८१, बिहीबार

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला मन्त्रालयमा अहिलेको नीति तथा कार्यक्रमबाट पनि पर्याप्त बजेट नआएको गुनासो गरेकी छिन् । 

बिहीबार काठमाडौंमा आयोजित इनफ अभियानको औपचरिक सुरुवात कार्यक्रममा उनले महिला मन्त्रालयजस्तो संवेदनशील मन्त्रालयमा पनि पर्याप्त बजेट नआउनु दुखद् विषय रहेको बताइन् । 

उनले भनिन्,‘ मुलुकमा ५१.४ प्रतिशत महिला र अलि तल परेका बालबालिका ११ प्रतिशतभन्दा बढी छन । जेष्ठ नागरिक आठ प्रतिशतभन्दा बढी छन् । अपाङ्गता भएका व्यक्ति र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुको संख्यालगायतलाई हेर्दा मन्त्रालय धेरै संवेदनशील र महत्वपूर्ण छ । विभेदमा परेको उनीहरुलाई राज्यले अविभावकत्व दिने हो तर यसमा बजेटको सीमा पर्याप्त खालको छैन ।’

उनले बजेट पर्याप्त नभएको अवस्थामा विभिन्न विकास साझेदार संस्थाहरुसँग मिलेर महिला बालबालिकाको क्षेत्रमा काम गर्नुपर्ने बताइन् । १५ पञ्चवर्षीय योजनाले नसमेटेका कुराहरु १६ औं पञ्चवर्षीय योजनामा प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ ।  

उनले भनिन्, ‘बजेट पर्याप्त नभएको अवस्थामा विभिन्न विकास साझेदार संस्थाहरुसँग मिलेर हामीले मन्त्रालयसँग सम्बन्धीत क्षेत्रमा काम गर्नुपर्ने छ । सँगगँसै हाम्रो १६ औं पञ्चवर्षीय योजना अहिले आउँदै छ । १५ औं योजनाले देखाएका विषयहरु १६ औं योजनाले संकेत गरेको कुराहरु त्यसमा पनि अझ अलि पछाडि परेको ठाउँहरुलाई प्राथमिकतामा राख्नुपर्छ । ’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार