मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

संघीय संसद्का दुवै सदनको बैठक आज, कांग्रेसका अवरोध खुल्ला ?

Ujyalosandeshonline 11005+ समाचार ( )
६ जेठ २०८१, आइतबार

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ ः १५ बजेका लागि बोलाइएको छ । 

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा निरन्तर अवरोध गर्दै आएको छ । यसअघि शुक्रबार बोलाइएका दुवै सदनका बैठक अवरुद्ध भएका थिए । 

जेठ १ मा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि कांग्रेसको अवरोधका कारण दुवै सदनले राष्ट्रपति पौडेलप्रति धन्यवाद प्रस्तावसमेत पारित गर्न सकेका छैनन् । 

जेठ २८ गते बजेट अधिवेशन प्रारम्भ भएदेखि नै कांग्रेसले निरन्तर दुवै सदनका बैठक अवरुद्ध पार्दै आएको छ । संसद् खुलाउने विषयमा शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख चार दलबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । तर समितिको कार्यक्षेत्रबारे अझै टुंगो लागेको छैन । 

त्यसकालागि बनाइएको कार्यदलले आइतबार बिहान छलफल गरेर त्यसलाई टुंगोमा पु¥याउने र संसदीय समिति गठन भएपछि मात्रै संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न पाउने नेताहरूले बताएका छन् । कार्यदलमा कानूनमन्त्री पदम गिरी, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका सांसद शिशिर खनाल छन् । 

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । 

आजको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्नेछन् भने सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची छ । 

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्नेछन् भने उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्नेछन् । 

त्यसपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

यस्तै राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । अध्यक्षले विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्नेछन् । बैठकले राष्ट्रपतिबाट संघीय संसद्मा भएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । 

त्यस्तै, सञ्चारमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक र विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले सुरक्षित कारोबारसम्बन्धी प्रतिवेदन सभामा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार