मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

Ujyalosandeshonline 12431+ समाचार ( )
३ फाल्गुन २०८०, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आगामी शनिबारदेखि गोदावरीमा हुन लागेको पार्टीकोे महासमिति बैठकको तयारीका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् । 

बिहीबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले महासमिति बैठकका एजेन्डाहरु तय गर्ने र बैठकमा प्रस्तुत गर्ने तयारी रहेका प्रतिवेदनहरु समेत पास गर्ने जनाइएको छ । 

५ गतेदेखि ९ गतेसम्म हुने महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अलग–अलग प्रतिवेदनहरु पेश गर्ने कार्यसूची रहेको छ । सूचना तथा सञ्चार विभागका प्रमुख मीन विश्वकर्माले पार्टीले महासमितिको बैठकको सम्पूर्ण तयारी पूरा गरिसकेको जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार