पेस्की फछ्यौटमा कडा बन्दै राखेप

Ujyalosandeshonline 11469+ समाचार ( )
३ माघ २०८०, बुधवार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेस्की तथा बेरुजु फछ्र्यौटका लागि कडा नीति अख्तियार गर्ने भएको छ । पेस्की तथा बेरुजु निकै बढेपछि राखेपले पेस्की तथा बेरुजु फछ्र्यौट कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बताए । कार्यदलले बुधबार प्रतिवेदन बुझाउदै पेस्की बाँकी रहेको संस्थाहरुलाई अनुदान रोक्नका लागि सुझाव दिएको छ । 

यस्तै वैदेशिक यात्रा तथा सहभागिताका लागि सिफारिस समेत गर्न नहुने सुझावमा उल्लेख गरिएको राखेपका सदस्य एवं कार्यदलका संयोजक प्रकाशकुमार कुसारीले बताए । 

कार्यदलका अनुसार विभिन्न राष्ट्रिय संघहरुका नाममा निकै ठूलो अंकमा पेस्की छ । त्यसको फछ्र्यौट नगर्ने संघ, कर्मचारी तथा पदाधिकारीलाई कार्वाहीको दायरामा ल्याउनु अनिवार्य हुने उल्लेख प्रतिवेदनमा उल्लेख छ ।

यस्तै आर्थिक प्रशासन शाखाले पनि बेरुजु कम गराउनेतर्फ कर्मचारीहरुलाई आर्थिक कारोबार सम्बन्धी प्रशिक्षणको व्यवस्था गर्न समेत सुझाव दिएको कार्यदलका सचिव कुमार बस्नेतले बताएका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार