मुख्य समाचार
तेह्रथुम र पाँचथर जोड्ने निर्माणाधीन लुमुघाट पुल | तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर | तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास |

तानसेन बहुमुखी क्याम्पसमा स्क्याम र ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 11479+ समाचार ( )
१५ माघ २०८२, बुधवार

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको संयुक्त आयोजनामा तानसेन बहुमुखी क्याम्पसमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । तानसेन नगरपालिका–७ स्थित क्याम्पसको सभाहलमा विद्यार्थी तथा प्राध्यापकहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) होम प्रकाश चौधरीले पछिल्लो समय डिजिटल माध्यम तथा अन्य तरिकाबाट हुने ठगी अर्थात् 'स्क्याम' (Scam) का विषयमा सहभागीहरूलाई सचेत गराउनुभयो । उहाँले यस्ता ठगीबाट कसरी बच्ने र सावधानीका उपायहरू के–के हुन् भन्ने विषयमा विस्तृत जानकारी प्रदान गर्नुभयो ।

त्यस्तै, कार्यक्रममा प्रहरी वरिष्ठ नायब निरीक्षक खेमानन्द पंगेनीले सडक सुरक्षा र ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिनुभयो । उहाँले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न विद्यार्थी र सर्वसाधारणले अपनाउनुपर्ने ट्राफिक सचेतनाबारे प्रकाश पार्नुभएको थियो । क्याम्पस प्रमुख पुष्करराज रेग्मी, उप–प्राध्यापक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा शान्ति सुरक्षा र सचेतनाका विषयमा अन्तरक्रिया समेत गरिएको थियो । प्रहरी र शिक्षण संस्थाको सहकार्यमा सम्पन्न यो कार्यक्रम विद्यार्थीहरूका लागि निकै फलदायी भएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार