मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

अर्घाखाँचीमा पुस २७ देखि सातौं महोत्सव : कृषि र पर्यटनलाई प्राथमिकता, स्थानीय उत्पादनलाई निःशुल्क स्टल

Ujyalosandeshonline 12437+ समाचार ( )
१९ पौष २०८२, शनिबार

अर्घाखाँची । अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा आगामी पुस २७ गतेदेखि माघ ११ गतेसम्म सन्धिखर्क नगरपालिका –१, कुँडुले फाँटमा 'सातौं अर्घाखाँची महोत्सव' आयोजना हुने भएको छ। कृषि, पर्यटन र संस्कृतिलाई मुख्य प्राथमिकतामा राखिएको यस महोत्सवमा करिब ३५० वटा स्टल रहनेछन् । चेम्बरका सचिव प्रेम थापाका अनुसार स्थानीय कृषि उत्पादनको प्रवर्द्धनका लागि कृषकहरूलाई निःशुल्क स्टल उपलब्ध गराइने छ।

चेम्बरका अध्यक्ष अशोककुमार श्रेष्ठले महोत्सवले स्थानीय उत्पादनको बजारीकरण गर्नुका साथै जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउन र जिल्लाको पहिचान स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। महोत्सवमा स्थानीय हस्तकला, पर्यटन प्रवर्द्धनका सामग्री र विविध सांस्कृतिक कार्यक्रमहरू समेत समावेश गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार