मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रामेछापको मन्थली बन्यो जिल्लाको पहिलो बालमैत्री स्थानीय तह

Ujyalosandeshonline 12431+ समाचार ( )
११ भाद्र २०८२, बुधवार

रामेछाप । जिल्लाको सदरमुकाम मन्थली नगरपालिका जिल्लाकै पहिलो ‘बालमैत्री स्थानीय शासन युक्त नगरपालिका’ घोषणा भएको छ। करिब चार वर्षअघि सुरु गरिएको अभियानमार्फत ५१ वटा सूचक पूरा गर्दै नगरपालिकाले बालबालिकाको अधिकार, शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागितामा महत्त्वपूर्ण प्रगति हासिल गरी बुधबारबाट बालमैत्री शासन भएको नगर बनेको हो । ¥यालीले ‘बालमैत्री नगर घोषणा’ लेखिएको ब्यानरसहित नगरको मुख्य सडक परिक्रमा गरेपछि तीनलाल पार्कमा आयोजित औपचारिक कार्यक्रममा  सो घोषणा गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले मन्थलीलाई ‘बालमैत्री स्थानीय शासन युक्त नगरपालिका’ भएको औपचारिक घोषणा गरे । ‘मन्थली नगरपालिकाले निकै महत्त्वका साथ ५१ वटा सूचक पूरा गरेको छ, तपाईँहरूले गरेको मेहनत देखेर मलाई खुसी लागेको छ, अब तपाईँहरू कामलाई अझ अगाडि बढाउनुस्, मेरो नेतृत्वमा रहेको मन्त्रालयले सकेको सहयोग गर्न प्रतिबद्धता व्यक्त गर्दछु ।’

मन्त्री बादेले मन्थलीलाई वाग्मती प्रदेशको ११ औँ बालमैत्री स्थानीय तह घोषणा भएकोमा बधाई दिँदै यस उपलब्धिलाई अन्य पालिकाहरूका लागि पनि प्रेरणादायी उदाहरणको रूपमा प्रस्तुत गरे।

घोषणा कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले ‘बालमैत्री स्थानीय शासन युक्त नगरपालिका’ बनाउनको लागि गरिएका काम बारे जानकारी दिएका थिए । नगरका १४ वटा वडाले तोकिएको सूचक पुरा गरेपछि  ‘बालमैत्री शासन युक्त वडा’ घोषणा गरिएको जानकारी दिए ।  ‘बालमैत्री स्थानीय शासन युक्त नगरपालिका’ बनाउन सबैको योगदान रहेको उनले बताए । यसलाई निरन्तरता दिन पनि सबैको त्यतिकै भूमिका रहने उनले प्रष्ट पारे ।  ‘हामीले बालबालिकाका अधिकारलाई प्राथमिकतामा राखेर काम गरेका छौँ, यो घोषणा हाम्रो मात्र सफलता होइन, नगरका  सबै क्षेत्र र नागरिकको सहभागिताले सम्भव भएको उपलब्धि हो’, उनले भने । 

कार्यक्रममा गत वर्ष नगरभित्र शैक्षिक सुधार र तथ्याङ्कीय नतिजामा उल्लेखनीय प्रगति गर्ने विद्यालयका प्रअ, शिक्षक तथा विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । साथै १४ वटै वडाका वडा अध्यक्षहरूलाई कदर पत्र प्रदान गर्दै योगदानको प्रशंसा गरिएको थियो।

२०७९ सालदेखि बालमैत्री नगर घोषणा गर्ने अभियान सुरु गरेको मन्थली नगरपालिकाले करिब चार वर्षमा यो उपलब्धि हासिल गरेको हो। नगरपालिकाले शिक्षा, स्वास्थ्य, बालअधिकार संरक्षण, बालबालिकाको सहभागिता, खेलकुद तथा सिर्जनात्मक गतिविधि, लैङ्गिक समानता र सामाजिक उत्तरदायित्वलगायतका क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै ५१ वटा सूचक पूरा गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार