मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

जयपृथ्वीबहादुर सिंहको १४९औं जन्मजयन्तीमा विभिन्न सर्जक सम्मानित

Ujyalosandeshonline 11474+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

भैरहवा । नेपाल बालसाहित्य समाज(नेबासास)ले जयपृथ्वीबहादुर सिंहको १४९ औं जन्मजयन्तीका अवसरमा सर्जकहरुलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा प्राज्ञ विज्ञान लेखक तीर्थबहादुर श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । नेबासासका अध्यक्ष विजयराज आचार्यले सभापतित्व गरेको कार्यक्रमको सञ्चालन प्रा.डा. विष्णुबहादुर केसीले गरेका थिए ।

जयपृथ्वी बालकला पुरस्कार २०८१ बालिका कल्पना विष्टले प्राप्त गरेकी छन् भने जयपृथ्वी बालकला लेखक पुरस्कार २०८१ बालिका अनुभूति बुढा मगरले प्राप्त गरिन् । त्यस्तै बाल कथासंग्रह बन्द कोठाका लागि बालिका अवानी खड्का समेत सम्मानित भएकी थिइन् । नेबासास जयपृथ्वी सम्मान २०८१ बाट डा. शैलेन्दुप्रकाश नेपाल सम्मानित भएका छन् ।

नेबासास कविशिरोमणि लेखनाथ पौड्याल सम्मान २०८२ बाट रामबहादुर पहाडी, नेबासास महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्मान २०८२ बाट प्रा. डा. महादेव अवस्थी, नेबासास युगकवि सिद्धिचरण श्रेष्ठ सम्मान २०८२ बाट इन्दिरा दली र नेबासास राष्ट्रकवि माधव घिमिरे सम्मान २०८२ बाट कालीबहादुर शाही सम्मानित भए ।

त्यस्तै, कुलमानसिंह भण्डारी सम्मान २०८२ बाट के. के कर्माचार्य, रमेश विकल सम्मान २०८२ बाट बुँद राना, युद्धप्रसाद मिश्र सम्मान २०८२ बाट प्रा. डा. मुकेशकुमार चालिसे, बालसाहित्य रत्न शान्तदास मानन्धर सम्मान २०८२ बाट गौरी प्रधान, देवकुमारी थापा सम्मान २०८२ बाट सुशीला प्रधानाङ्ग सम्मानित भएका हुन् ।

कार्यक्रममा नेबासासबाट प्रकाशित दुई कृति नेबासास प्रतिनिधि नेपाली कवितासंग्रह, नेबासास बालस्रष्टाका कथाहरु, इन्टरनेसनल स्कुल, धुम्बाराहीबाट प्रकाशित दुई कृति : कथाकल्प १ र २, बालबाटिका स्कुल, पेप्सीकोलाबाट प्रकाशित दुई कृति अवनी खड्काको बन्द ढोका र सामूहिक संग्रह मेहनती परिवार र क्रिएटिभ सेन्टरबाट प्रकाशित क्रिएटिभ कथाहरुको लोकार्पण गरिएको थियो ।

कार्यक्रममा सम्मानित सर्जकहरुबारे डा. छायाँदत्त न्यौपानेले र  र कृतिहरुबारे प्रमोद प्रधानले प्रकाश पारेका थिए । यसका साथै कार्यक्रममा नेबासास र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा २०८१ माघमा भएको प्रतियोगिता भाग लिई पुस्तक 'नेबासास बालसष्ट्राका कथा पुस्तकमा समावेश बालबालिकालाई प्रमाणपत्र वितरण गरिएको थियो । सिविन नेपाल र पहिलो पाइला अमेरिका समेत आयोजक रहेको थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार