मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

परिवर्तनको भूमि मधेसबाट कार्यकारी पदमा पुग्न नसक्नु चिन्ताको विषय

Ujyalosandeshonline 12437+ समाचार ( )
१९ माघ २०८१, शनिबार

जनकपुर ।  नेपाली कांग्रेसका केन्द्रिय सदस्य डीला संग्रौलाले परिवर्तनको भूमिको रुपमा चिनिने मधेसबाट कोही पनि मुलुकको कार्यकारी पदमा किन पुग्न सकिरहेको छैन भन्ने बहसको विषय हुनुपर्ने बताएकी छन् ।

नेपाल डेमोक्रेटिक्स लयर्स एसोसिएसनले आयोजना गरेको संविधान संशोधन आवश्यता र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संग्रौलाले परिवर्तनको भूमि मधेसबाट कार्यकारी पदमा पुग्न नसक्नु चिन्ताको विषय रहेको बताइन् । 

उनले भनिन् ‘मधेस लोकतन्त्रको भूमि, संघियताको जननी तथा परिवर्तनको भूमि भएर पनि विकासको दृष्टिले एकदमै पछाडी पर्नु चिन्ताको विषय हो ।’

संग्रौलाले मधेसबाट अहिले संविधान संशोधनका लागि उठिरहेका मुद्दाहरुलाई बहसको विषय बनाएर अगाडी  लानु आवश्यक रहेको बताइन् । उनले संविधान संशोधन २०८७ मा नभएर आजकै मितिबाट यो संशोधनको प्रकृयाको शुरुवात हुनुपर्ने बताइन् ।

मधेसका लागि सबैभन्दा विकराल समस्या बेरोजगारी हो, उनले भनिन् ‘मधेसमा बेरोजगारी, महिला हिंसा, दाइजो प्रथा लगायतका समस्याहरु विकराल बन्दै गईरहेको छ ।’ यी समस्याका अन्त्यकालागि पहल हुनुपर्छ उनले बताए ।

मुलुककै उर्वर भूमि रहेको मधेस सुख्खा भूमिको रुपमा परिणत भएको छ किन यस्तो भयो । यी समस्याहरुको समाधानको खोजी नभएसम्म मधेस समृद्ध हुन सक्दैन संग्रौलाको भनाई थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार