मुख्य समाचार
एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ |

भैरहवामा रुपन्देही जिल्लास्तरीय यु–१६ क्रिकेट टिम छनोट सुरु

Ujyalosandeshonline 11010+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

भैरहवा । अन्डर–१६ प्रदेशस्तरीय क्रिकेट टिम छनोटका लागि रुपन्देही जिल्लास्तरीय खेलाडी छनोट सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जिल्लास्तरीय टिम छनोट सुरु भएको रुपन्देही क्रिकेट संघका उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक धीरज अधिकारी क्षेत्रीले जानकारी दिए ।

एशियन क्रिकेट काउन्सिल (एसीसी) को कार्यक्रम अनुसार आगामी जुन २०२५ मा ‘एसीसी पुरुष यु–१६ इस्ट जोन कप २०२५’ प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगितालाई मध्यनजर गरी नेपाल क्रिकेट संघले यही २०८२ जेठ दोस्रो सातादेखि यु–१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गर्दैछ । त्यसका लागि प्रादेशिक क्रिकेट टिम छनोटका गर्न भैरहवामा जिल्लास्तरीय छनोट सुरु भएको हो ।

उनका अनुसार सार्वजनिक सूचना आह्वान पछि यु–१६ का १ सय २४ जना खेलाडीहरुले फारम भरेर छनोट खेलमा सहभागिता जनाएका छन् । यी खेलाडीहरुबाट उत्कृष्ट छनोट गरी ४ टिम बनाई मंगलबारदेखि प्रतिस्पर्धा गराइनेछ । प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेटेर रुपन्देही जिल्लास्तरीय टिम बनाइने क्षेत्रीले बता । खेलाडीहरुलाई प्रशिक्षक शंकर राना, दुर्गा सेन र मानबहादुर थापाले प्रशिक्षण दिनेछन् ।

छनोट खेलमा सहभागी हुन आएका क्रिकेटर आरिफ खान, स्वस्तिक पराजुली र समीर ओलीले टिममा छनोट हुनका लागि खेलाडीहरुबीच तिव्र प्रतिस्पर्धा रहेको जनाए । आफूहरुले राम्रो प्रदर्शन गरी छनोट हुने प्रयासमा रहेको उनीहरुको भनाई छ ।

प्रशिक्षक रानाले रुपन्देही क्रिकेटको उर्वरभूमि रहेकाले छनोट खेलमा सहभागिता राम्रो भएको बताए । उनले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टिममा समाबेस गरिने जनाउँदै त्यसका लागि तयारी थालिएको जनाए । धेरै खेलाडीहरु सहभागी भएकाले आफूहरुको प्रयास राम्रो गर्नेहरुलाई टिममा राख्ने भएको उनको भनाई छ ।

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाका अनुसार जिल्लाका विभिन्न एकेडेमी र विद्यालयमा प्रशिक्षण लिइरहेका खेलाडीहरु टिममा समावेश हुनका लागि प्रतिस्पर्धामा छन् । उनले संघले संचालन गरेको रुपन्देही क्रिकेट एकेडेमी र सिद्धार्थ क्रिकेट रंगशालामा खेलाडीहरुलाई स्पर्धा गराइने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार