मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

अर्घाखाँची जिल्ला अस्पतालमा हाडजोर्नी सम्बन्धी विशेषज्ञ सेवा सुरु

अनिल नेपाली 141+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालमा हाडजोर्नी सम्बन्धी विशेषज्ञ सेवा सुरु भएको छ । हाडजोर्नी रोग बिशेषज्ञ डाक्टर अनुप गुप्ता आएपछि अर्घाखाँची अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा थपिएको हो । पहाडी भेगमा हाडजोर्नीसँग सम्बन्धित बिरामीको संख्या धेरै हुने गरेको छ । 

जिल्ला अस्पताल अर्घाखाँचीबाट यस्ता बिरामीको सामान्य उपचार गर्ने बाहेक अरुलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहँदै आएकोमा अबदेखि यो समस्या हटेर गएको अस्पताल प्रमुख डाक्टर जगन्नाथ तिवारीको भनाई छ । यो सेवा सुचारु भएपछि अर्घाखाँचीसँगै छिमेकी जिल्ला गुल्मी, प्युठान लगायत आसपासका बिरामीलाई समेत राहत पुग्ने अस्पताल प्रमुख डा.तिवारीले बताए । 

१५ शैयाको जिल्ला अस्पतालबाट हाल ५० शैयाको क्षमतामा सेवा प्रदान हुँदै आएको छ । स्थानीय बासिन्दाहरूले जिल्ला अस्पतालमा विशेषज्ञ सेवा विस्तार हुनु ठूलो उपलब्धि भएको बताएका छन् । यसले विशेष गरी मातृ तथा शिशु मृत्युदर न्यूनीकरण र जेष्ठनागरिकमा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ ।  नागरिकको सेवामा बिस्तार भएपनि २०४१ सालमा निर्मित पुरानो जिर्ण भवनबाट सेवा दिंदा असहजता भएकोले नयाँ भवनको खाँचो भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार