मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश

Ujyalosandeshonline 11474+ समाचार ( )
२ असार २०८२, सोमबार

काठमाडौं । राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । सोमबार जिल्ला अदालत काठमाडौंमा न्यायाधीश शिवप्रसाद खनालको इजलासमा थुनछेक बहस सम्पन्न भएपछि यस्तो आदेश दिइएको हो ।

राणाले सोमबार अदालतमा उपस्थित भई बयान दिएका थिए । त्यसपछि थुनछेक सम्बन्धी बहस भएको थियो । राणाको तर्फबाट डा. भीमार्जुन आचार्य, शतिशकृष्ण खरेल, गोविन्द बन्दी, बिष्णु भट्टराई र राजु बस्नेतलगायत कानुनी प्रतिनिधिहरूले बहस गरेका थिए । सरकारी पक्षबाट चारजना सरकारी वकिलहरूले प्रतिवाद प्रस्तुत गरेका थिए ।

गत चैत १५ गते पक्राउ परेका डा. राणा उमेर र स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटेका थिए । प्रहरीले अभियोजन प्रक्रिया अघि बढाउँदा उनी अदालतमा उपस्थित भएका थिएनन् । सोमबार भने उनी स्वयं अदालतमा उपस्थित भएर बयान दिएका हुन् । यसै प्रकरणमा राणासँगै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने सोमबार अदालतमा उपस्थित भएका छैनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार