मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

संघीय गणतन्त्र स्थापनाको पहिलो श्रेय गिरिजा प्रसाद कोइरालालाई दिनुपर्छ : सभापति देउवा

Ujyalosandeshonline 12433+ समाचार ( )
२१ असार २०८२, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय गणतन्त्र स्थापनाको पहिलो श्रेय गिरिजा प्रसाद कोइरालालाई दिनुपर्ने बताएका छन् । शनिबार पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा जय नेपाल फउण्डेशनले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फउण्डेशन’ कार्यक्रममा बोल्दै उनले नेपालको इतिहासमा गणतन्त्र स्थापना गर्न हिम्मत गर्ने व्यक्ति भनेको गिरिजा प्रसाद कोइराला भएको बताएका हुन् । 

उनले भने, ‘गिरिजा प्रसाद कोइराला लडाकु व्यक्ति हो । उहाँ नभएको भए वास्तवमा गणतन्त्र आउने नै थिएन त्यस्तो आटिलो व्यक्ति हो । त्यसबेला मान्छेले गणतन्त्र ल्याउन भनेर सोच्न नै सक्दैन् थिए । उहाँले अरु पार्टीसँग समन्वय गरेर पहिलो संविधान सभाबाट संविधान बनेन तर गणतन्त्र पास भएको थियो । गणतन्त्र ल्याउने श्रेय गिरिजा प्रसादलाई जान्छ । नेपालको इतिहासमा गणतन्त्र स्थापना गर्न हिम्मत गर्ने व्यक्ति भनेको गिरिजा प्रसाद नै हो ।’उनले गणतान्त्रिक मुलुकमा समस्या आउनु सामान्य रहेको भन्दै समाधान गर्दै जाने र गणतन्त्र सुदृढ गर्न सुरुवात गरेको पनि बताए । उनले हिमाल बचाउनको लागि काम गर्नुपर्ने समेत बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार