मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

दोरम्बा अस्पतालको निर्माण अलपत्र

Ujyalosandeshonline 12437+ समाचार ( )
२१ असार २०८१, बिहीबार

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बामा निर्माणाधीन दोरम्बा अस्पतालको निर्माण कार्य अलपत्र परेको छ ।अस्पताल भवनको निर्माण कार्य वर्षदेखि अलपत्र अवस्थामा छ । निर्माण कार्य अलपत्र हुँदा अस्पताल भवन निर्माणका लागि ल्याइएको फलामे रड खिया लागेर काम नलाग्ने भएका छन् । 

१५ शय्याको अस्पताल भवन नबन्दा अस्थायी टहरामा सञ्चालन गरिएको छ । जसले गर्दा बिरामी र स्वास्थ्य प्रवाहमा समस्या भएको स्वास्थ्यकर्मीले बताए ।   

अस्पताल आरोग्य सुवेदी जेभीले २०७८ को चैत १६ गतेसम्म भ्याटसहित ११ करोड ३० लाख ११ हजार ४ सय ६० रुपैँयामा काम सम्पन्न गर्ने गरी २०७७ चैत १७ गते ठेक्का सम्झौता गरेको थियो । १८ करोड रुपैँयको काम ११ करोडमा गर्ने सम्झौता कम्पनीले गरेको थियो । 

निर्माण कम्पनीले २ करोड २६ लाख रुपैँया पेस्की र पहिलो बिलको ८२ लाख ४७ हजार ४ सय ५१ रुपैँया भुक्तानी लिइसकेको छ । दोस्रो बिल ४६ लाख १३ हजार रुपैंया भुक्तानीको कागज बुझाएको भए पनि भुक्तानी भने लिएको छैन । 

निर्धारित समयमा काम सम्पन्न नगरेपछि दोरम्बा शैलुङ गाउँ कार्यपालिका बैठकले पहिलो पटक २०७८ असोज १६ गतेसम्म म्याद थप गरेको थियो । त्यो अवधिमा पनि काममा कुनै प्रगति नभएपछि गाउँ कार्यपालिकाले २०८० असार २४ गते सम्मका लागि म्याद थप गरे पनि निर्माण कम्पनीले काम गरेन । अन्तिम पटक म्याद थप गरेको एक वर्ष बित्दा पनि कम्पनीले काम गरेको छैन । गाउँपालिकाले पनि कारबाहीको कुनै प्रक्रिया अघि बढाएको छैन । 

कम्पनीले सो स्थानका अधिकांश निर्माण सामग्री उठाएर अन्यत्रै लगेको छ । भवनको जग राखेर केही पिल्लर उठाउने बाहेकको काम भएको छैन । सो विषयमा जिल्ला  प्रशासन कार्यालय रामेछापमा उजुरी हाल्दा पनि काम अघि नबढेको गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष समेत रहेका स्थानीय रत्नप्रसाद कँडेलले बताउँछन् । स्थानीय सरकार र प्रशासन मौन रहनुले नागरिकमा शंका पैदा भएको उनले बताए । 

भवन निर्माणको काममा व्यवसायीलाई ताकेता गर्ने कुरामा अहिले स्थानीय सरकाले पनि चासो नदेखाएको स्थानीयको गुनासो छ   स्थानीय सरकारले काम नगर्ने निर्माण व्यवसायीलाई कानुनी कारवाहीको प्रक्रिया अघि बढाउनुपर्ने स्थानीयको माग छ ।  

अस्पतालको नाममा २७ रोपनी १२ आना जग्गा छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई पालिकास्तरको अस्पताल घोषणा गरिएको छ । तर भवन नै नभएपछि अस्पतालबाट दिने सेवा प्रवाह हुन सकेको छैन ।

सेवा नभएपछि स्थानीय उपचारको लागि काभ्रेको धुलिखेल र काठमाडौैं धाउनुपर्ने बाध्यता छ । गाउँको अस्पताल कहिले बन्ने हो ठेगान छैन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार