मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

हाजिरी जवाफ प्रतियोगितामा बगहा मावि प्रथम

Ujyalosandeshonline 11009+ समाचार ( )
३ अशोज २०८१, बिहीबार

भैरहवा । राष्ट्रिय शिक्षा दिवस–२०८१ को अवसरमा रोहिणी गाउँपालिकामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । दिवसको अवसरमा रोहिणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा धकधई, रुपन्देहीले विभिन्न प्रतियोगिता, सम्मान, शैक्षिक बहस एवं पुरस्कार वितरण गरेको हो । 

रोहिणी–३ स्वामीनगर, धकधईस्थित श्री राम नरेश यादव आदर्श माध्यमिक विद्यालयमा प्राथमिक तहका शिक्षकहरुबीच मैत्रीपूर्ण ज्ञान आदानप्रदान, माध्यमिक तहका विद्यार्थीहरुबीच प्रतिष्र्धात्मक हाजिरीजवाफ प्रतियोगिता, विद्यालयस्तरीय शिक्षक वक्तृत्वकला प्रतियोगिता र माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले बताए ।

जस अन्तर्गत माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा बगहा माध्यमिक विद्यालय प्रथम, बुद्ध त्रिवेणी इङलिस बोर्डिङ स्कूल द्वितीय र श्री छिपागढ माध्यमिक विद्यालय तृतीय भएका छन् । त्यस्तै विद्यालयस्तरीय शिक्षक वक्तृत्वकला प्रतियोगितामा श्री राम नरेश यादव आदर्श मावि का चन्द्रमणी बस्नेत प्रथम, पोखरभिण्डी माविका पुनम क.सी. द्वितीय र बोदवार मावि.का रामराज गौतम तृतीय हुनुभएको निर्णायक मण्डलका संयोजक तथा श्री पशुपति मावि तिलोत्तमाका प्रधानाध्यापक वेदनारायण भट्टराईले जानकारी दिए ।

माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा युनिक होम्स ईङलिस बोर्डिङ स्कूलकी सिर्जना उपाध्याय प्रथम, बगहा माविकी अम्विया खातुन द्वितीय र पोखरभिण्डी माविकी सायमा खातुन तृतीय भएको रोहिणी गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक नारायण ढुंगानाले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने शिक्षकहरुलाई क्रमशः रु. १० हजार, ८ हजार र ६ हजार तथा विद्यार्थीहरुलाई क्रमशः रु. ५ हजार, रु. ४ हजार र रु. ३ हजार पुरस्कार तथा मेडल तथा ट्रफी प्रदान गरिएको थियो । विद्यार्थी तथा शिक्षकहरुलाई पुरस्कार वितरण गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिक्षाको विकासका निम्ति गाउँपालिका लागिपरेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए ।

गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनले रोहिणी गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवस भव्य रुपमा मनाएको बताइन् । उनले शिक्षाको विकासले समग्र विकास हुने बताइन् । प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले शिक्षा विकासको आधारस्तम्भ भएको बताए । उनले शिक्षाको विकास बिना पालिकाको समग्र विकास हुन नसक्ने बताए ।

श्री पशुपति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र प्रसाद धवलले सबैले सहकार्य गर्दै अघि बढे शैक्षिक गुणस्तर वृद्धि गर्न सकिने बताए । सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक धनेश्वर कंवरले शिक्षकलाई मात्र दोष दिएर नहुने बताए । गाउँपालिकाको शिक्षा समिति सदस्य तथा युनिक होम्स इङलिस बोर्डिङ स्कूलका प्रिन्सिपल मनोज कुमार यादवले गाउँपालिकाको पाइलामा आफूहरुको साथ र सहयोग रहने प्रतिवद्धता जनाए । 

कार्यक्रममा उत्कृष्ट शिक्षक, सहायक कर्मचारी, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कार्यालय सहयोगी लगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार