मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

खानेपानी समस्या समाधानका लागि मन्त्री यादव र चौरसियाद्धारा अनुगमन

Ujyalosandeshonline 12437+ समाचार ( )
३० असार २०८२, सोमबार

जलवायु परिवर्तनको प्रतिकूल असरले तराई–मधेस क्षेत्रमा गहिरिँदो खानेपानी अभावलाई मध्यनजर गर्दै खानेपानीमन्त्री प्रदीप यादव र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आज पर्सा जिल्लाका विभिन्न स्थान एवं वडाहरूमा विशेष अनुगमन तथा निरीक्षण गरेका छन् । 

तराई–मधेस क्षेत्र विशेष गरी वीरगञ्ज महानगरपालिकामा जलवायु परिवर्तनका प्रतिकूल प्रभावका कारण खानेपानीको अभाव गम्भीर बन्दै गएपछि त्यसको तत्कालिन तथा दीर्घकालिन रुपमा समस्या समाधानका लागि खानेपानीमन्त्री तथा कानुनमन्त्री चौरसियाले अनुगमन सहित निरीक्षण गरेको मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साह कानुले जानकारी दिएका छन् । 

उनका अनुसार तराई–मधेस सहित वीरगञ्ज क्षेत्रका नागरिकले खानेपानी आपूर्तिमा कठिनाइ भोग्नु परेकाले समस्या पहिचान र समाधानका लागि मन्त्रीद्धयले आज पर्सा जिल्ला निर्वाचन क्षेत्र नं २ का विभिन्न गाउँ, टोल तथा वडाहरूमा अनुगमन गरेका हुन् । 

अनुगमनका क्रममा मन्त्री यादवले वीरगञ्ज लगायत तराई–मधेसको खानेपानीको तत्काल एवं दीर्घकालिन समस्या समाधानका लागि आफु सहित सिङ्गो मन्त्रालयको टिम अहोरात्र खटिएको जानकारी दिए । 

उनले भने, ‘वीरगञ्ज महानगरपालिकाको खानेपानीको दीर्घकालिन समस्या समाधानका लागि एडिबिको ऋण सहयोगमा रु ४ अर्ब ५० करोड छुट्याइएको छ । तत्काल खानेपानीको समस्या समाधानका लागि यहाँका विभिन्न स्थानहरूमा डिपबोरिङ जडान गरी खानेपानी वितरणको कार्य आरम्भ गरिसकेको छ ।”

धेरै स्थानहरूमा नागरिकले खानेपानी आपूर्तिमा कठिनाइ भोग्नुपरेकाले समस्या पहिचान र समाधानका लागि आफु सहित कानुनमन्त्री चौरसिया पर्सा जिल्ला निर्वाचन क्षेत्र नं २ का विभिन्न गाउँ, टोल तथा वडाहरूमा अनुगमनका लागि आइपुगेको मन्त्री यादवले बताए । तराई–मधेस सहित वीरगञ्ज क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधानका लागि आफु पूर्ण प्रतिबद्ध र कटिबद्ध रहेको मन्त्री यादवले बताए । 

उनले भने, ‘नेपाल खानेपानी संस्थानले सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै समस्याको समाधानका लागि आवश्यक कदम चालिरहेको छ । यस कार्यमा तपाईंहरू सबैको सहकार्य र सहयोग अपेक्षित छ ।’सोही क्रममा कानुनमन्त्री चौरसियाले पर्सा जिल्लावासीको खानेपानीको गम्भीर समस्या प्रति गहिरो चासो व्यक्त गर्दै खानेपानी पहुँचलाई सर्वसुलभ बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार