मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12441+ समाचार ( )
१६ माघ २०८१, बुधवार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वतन्त्रता, गणतन्त्र, समानता र सामाजिक न्यायका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सहिद दिवसको सन्दर्भमा जारी सन्देशमा मुख्यमन्त्री आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानले परिकल्पना गरेका लक्ष्यहरू प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनु भएको हो । 

मुख्यमन्त्री आचार्यले राजनीतिक तथा सामाजिक परिवर्तनका आदर्श सहिदका सपना पूरा गर्नु सबै तहका सरकारहरूको मुख्य जिम्मेवारीभित्र पर्ने बताउनुभयो । ‘संघर्ष र आन्दोलनका माध्यमबाट प्राप्त उपलब्धिको उपयोग र रक्षा गर्दै थप उपलब्धि हासिल गर्न आम नागरिक समाज, राजनीतिक दललगायत सबैको साझा दायित्व बन्नुपर्दछ । सुशासन, जवाफदेहिता र दिगो विकासविना हामीले राष्ट्रिय लक्ष्य भेट्न कठिन छ’उहाँले सन्देशमा भन्नुभएको छ,‘ सहिद दिवसको यस महत्वपूर्ण अवसरमा म सबै राजनीतिक दल र आम जनसमुदायलाई विकास र समृद्धिको लक्ष्य प्राप्तिमा सामूहिक प्रतिबद्धता जनाउँदै सरकारसँग हातेमालो, साझेदारी र सहकार्य गर्न आह्वान गर्दछु ।’

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार सहिदहरूको त्याग, समर्पण र बलिदानको उच्च कदर गर्ने बताउँदै यस दिवसले सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि समर्पित हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गर्नुभएको छ ।

सहिद दिवसलाई मुलुक र जनताका लागि प्राणको आहुति दिने वीर सहिदहरूले गरेको योगदानलाई स्मरण एवं सम्मान व्यक्त गर्ने तथा उनीहरूले देखाएको परिवर्तन र सामाजिक न्यायको आन्दोलनलाई अझ उचाइमा पु¥याउन संकल्प गर्ने दिनका रूपमा स्मरण गर्नुभएको छ ।

मुख्यमन्त्री आचार्यले सार्वभौमसत्ता सम्पन्न नागरिक, स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहितको समृद्ध नेपाल, सामाजिक न्याययुक्त समावेशी चरित्र बोकेको राज्य संरचना र विभेदमुक्त समानतायुक्त समाज निर्माणका लागि जीवन बलिदान गर्ने सहिदहरूले देखाएको सत्मार्गमा निरन्तर लागिरहने संकल्प गर्नुभएको छ ।

बढ्दो जनअपेक्षा, सीमित स्रोत र तरल आर्थिक अवस्थाका बीचमा पनि लुम्बिनी प्रदेश सरकार समृद्ध प्रदेशः खुसी जनताको अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभएको छ । सामाजिक न्यायसहितको समतामूलक, सभ्य र समुन्नत समाज निर्माण गर्न सहिद दिवसले सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार