मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

जनकपुरबाट लागुऔषध गाँजासहित एक जना पक्राउ

Ujyalosandeshonline 11474+ समाचार ( )
८ चैत्र २०८१, शनिबार

जनकपुर । जनकपुरबाट करिब ५ क्वीन्टल लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा बर्दिवासबाट खटेको टोलीले जनकपुर–ढल्केवर ६ लेन सडकखण्ड अन्तर्गत करिब ४ क्वीन्टल ७७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो । 

शुक्रबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नीरिक्षक सँजीप कुमार यादवको कमाण्डमा गएको टोली, लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, प्रहरी चौकी लक्ष्मिनियाको टोलीले उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो । 

ढल्केबरतर्फबाट जनकपुरतर्फ आउदै गरेको मधेश प्रदेश–०३–००२ ख २५२० नम्बरको निलो रंगको आयसर मिनि ट्रकलाई धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं.७ लक्ष्मिनिया चौक स्थित ढल्केबर–जनकपुर सडकखण्डमा रोकी चेकजाँच गर्ने क्रममा भेटिएको हो । 

मिनिट्रकको माथिल्लो भागमा डोरी बाधी सोहि डोरी माथी रातो प्लास्टिक भित्र खैरो डोरीले बाधी लुकाई छिपाई राखी ल्याउँदै गरेको अबैध लागुऔषध गाजाँ ३४ पोका बरामद गरिएको जनाइएको छ ।

गाँजा, मिनि ट्रक चालक जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ बस्ने बुद्धि बहादुर सिन्तानको छोरा अं बर्ष २५ को संजिव सिन्तान सहित मिनिट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको जनाईएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार