मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

खानेपानीका आयोजना निर्माणमा ढिला सुस्ति गर्नेलाई उन्मुक्ति दिइने छैन : मन्त्री यादव

Ujyalosandeshonline 11005+ समाचार ( )
२० जेठ २०८२, सोमबार

ईलाम । खानेपानी मन्त्री प्रदीप यादवले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताएका छन् । सोमबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, ईलाम अन्तर्गत कन्याम–पञ्चकन्या खानेपानी योजना सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले खानेपानी जस्तो अत्यावश्यक सेवामा ढिलासुस्तीको कुनै बहाना स्वीकार्य नगरिने र तोकिएको समयमा आयोजना सम्पन्न नगर्ने ठेकेदारविरुद्ध कानुनी दायरामा ल्याइने बताए ।  

उनले भने, ‘खानेपानी जस्तो अत्यावश्यक चिजलाई ढिला सुस्ति गर्ने कार्य किमार्थ स्वीकार्य छैन् । खानेपानीका आयोजना तोकिएकै समयमा सम्पन्न गर्नु पर्छ । अब सहेर बसिदैन, कानुनी दायरामा ल्याइने छ ।’यसैगरी मन्त्री यादवले निर्माण व्यवसायीहरूले विभिन्न बाहना बनाएर खानेपानीका आयोजनाहरुमा काम ढिलो गर्ने र तोकिएको समयमा सम्पन्न नगर्ने गरेको गुनासो सुन्नमा आएकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरिने जानकारी गराए । 

उनले भने, ‘कन्याम–पञ्चकन्या खानेपानी योजनाको समस्या समाधानका लागि म मन्त्री स्वयंम यहाँ आएको छु । आज यहाँको समस्या समाधानको बाटो निकाल्नु पर्छ । कि ठेकेदारले काम गर्नु पर्छ, यात अब ठेक्क रद्द गर्नुपर्छ ।’ यस्तै उनले नागरिकलाई सुरक्षित, स्वच्छ एवं शुद्ध पानी उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा रहेका सबै खानेपानी आयोजनाहरुमा नतिजा देखिने गरी समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्री यादवले खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कडा कारवाही गर्ने संकेत गर्नुका साथै खानेपानीका क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता समेत जनाए । 

उक्त कार्यक्रममा सुर्योदय नगरपालिका, फिक्कल ईलामका नगर प्रमुख रणबहादुर राई उपप्रमुख दुर्गाकुमार बराल, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, कर्मचारी, स्थानीयवासी लगायतको सहभागीता रहेको थियो ।

नेपाल सरकारले आधारभुत स्तरको खानेपानी सेवा जनताको पहुँचमा पुर्याउने उदेश्यले आर्थिक वर्ष २०६८,६९ देखि खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत जलवायु अनुकुलित वृहत खानेपानी आयोजना तर्जुमा गरेको र सोही आयोजना अन्तर्गत कन्याम पञ्चकन्या खानेपानी आयोजना स्थल सुर्योदय नगरपालिका–३, ६–८, १०–१४, ईलाम नगरपालिका–१० र रोङ गाँउपालिका–३ मा पर्नेगरेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, ईलामले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार