मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

‘प्रतिक्रियावादीहरुले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्न खोजे’

Ujyalosandeshonline 11474+ समाचार ( )
११ वैशाख २०८१, मङ्गलबार

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन बैद्यले प्रतिक्रियावादीहरुले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्न खोजेको बताएका छन् । 

१५५ औं लेनिन जयन्तीको सन्दर्भमा आयोजित साम्राज्यवादी युगमा लेनिनवादको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा उनले आज सत्तामा कम्युनिष्ट नभएको भन्दै प्रतिक्रियावादीहरुले सत्तामा, सरकारमा कम्युनिष्ट छ केही पनि गर्न सकेको छैन भनेर बद्नाम मात्र गर्न खोजेको बताए । 

उनले भने, ‘आज सत्तामा कम्युनिष्ट छैन्, सबै प्रतिक्रियावादीहरुले सत्तामा, सरकारमा कम्युनिष्ट छ केही पनि गर्न सकेको छैन भनेर बद्नाम गर्ने काम गरेका छन् । हाम्रो भनाइ भनेको ती कम्युनिष्ट होइनन् । उनीहरुले कम्युनिष्टको नाम जप्छन् मात्रै ।’ 

कम्युनिष्ट आन्दोलन कमजोर भएको छ भए पनि लगातार काम गर्ने हो भने सफल हुने उनको भनाइ छ । यस्तै, उनले दक्षिणपन्थी अवसरवादीहरुले कम्युनिष्टको झण्डा चोरेर माक्र्सवाद, लेनिनवाद र माओवादको नाम जपेर संसदवाद र प्रतिक्रियवादको खेती गरिरहेको पनि बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार