मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

सिद्धार्थनगर- ५ मा एक महिने ब्युटीसियन तालिम सुरु

Ujyalosandeshonline 12441+ समाचार ( )
२२ जेठ २०८१, मङ्गलबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को आयोजनामा आजदेखी एक महिने ब्युटीसियन तालिम सुरु भएको छ । वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा एक महिने ब्युटीसियन तालिमको उद्धघाटन गरिएको हो । 

तालिमको  उदघाटन गर्दै नगरप्रमुख खानले  महिलाहरुको आर्थिक शसक्तिकरणका लागि सिपमुलक तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

उनले हरेक क्षेत्रमा महिलालाई सक्षम र सवल बनाउन सिद्धार्थनगर नगरपालिकाले बिभिन्न किसिमका सीपमुलक तालिमहरु प्रदान गर्दै आएको बताए । नगर प्रमुख खानले महिलाले कुनै न कुनै सीप सिकेर आत्मनिर्भर बन्नु पर्नेमा जोड दिदै उद्यमी बन्ने गरी सीप सिक्न तालिमका सहभागीहरुलाई आग्रह गरे। 

कार्यक्रममा बोल्दै सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडा नम्बर ५ मा महिला उद्यमीहरु उत्पादन गर्ने उद्देश्यले १ महिने ब्युटिसियन तालिमको आयोजना गरिएको बताए । उनले तालिम लिएका महिलाहरुले तालिमबाट प्राप्त सिपको उपयोग गरि आत्मनिर्भर उद्यमी बन्नुपर्नेमा जोड दिए । वडाअध्यक्ष श्रेष्ठले महिलालाई सक्षम र व्यवसायी बनाउनको लागि तालिम आयोजना गरिएको बताउदै यसले तालिममा सहभागी महिला दिदिबहिनीलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । उनले वडा नम्बर ५ ले यस्तै बिभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आएको बताउदै वडाबाट आउने तालिमहरुको फाइदा दिन आग्रह गरे ।

यस्तै गरी कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष सोमबहादुर गुरुंगले नगरपालिकाले हरेक वडामा महिलाहरुलाई बिभिन्न किसीमका तालिमहरु प्रदान गरी आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गर्दै आएको बताए । उनले सिनपा वडा नम्बर ५ ले  महिलाहरुको क्षमता बृद्धि गरी जिबिकोपार्जन संग जोडनका लागी यस्ता किसिमका तालिमहरु प्रदान गर्दै आएको उल्लेख गरे । उनले महिलाहरु अब चुलो चौको मात्र सिमित नभइ आर्थिक क्षेत्रमा बलियो हुनुपर्ने बताउदै तालिममा सिकेका कुराहरु ब्यवहारमा उर्तान आग्रह गरे । 

यस्तै गरी चेम्बर अफ कर्मस रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले तालिममा सहभागी महिला दिदीबहिनीहरुलाई सीप सिकाएर रोजगारी संग जोडन आग्रह गरे । उनले तालिमबाट सिकेका सीपहरुलाई ब्यवसायिक रुपमा लैजान सके मात्र तालिम प्रभावकारी हुने बिश्वास ब्यक्त गरे ।

नगरपालिका वडा नम्बर ५ को वडासदस्य किरनदेवी सुनारको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन महिला वडा सदस्य सरस्वती श्रेष्ठले गरेकी थिईन् भने तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार