'जय श्रीराम चोक' स्थापना, रोहिणीमा वृहत कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 11534+ समाचार ( )
१७ भाद्र २०८२, मङ्गलबार

धकधई । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वार्ड नं २, बड्की खुरहुरियाका युवाहरूको विशेष पहलमा 'जय श्रीराम चोक' को स्थापना गरिएको छ। यस अवसरमा आयोजित एक भव्य कार्यक्रममा वृहत मोटरसाइकल र्‍याली, विधिवत् कथा वाचन र प्रसाद वितरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको प्रमुख अतिथि रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले प्रसाद वितरण गर्नुका साथै कथा वाचनमा सहभागी हुनुभयो। युवाहरू तथा स्थानीय बासिन्दाहरूको ठूलो संख्यामा सहभागिता रहेको मोटरसाइकल र्‍यालीले कार्यक्रमलाई थप उर्जावान बनाएको थियो।

मर्यादा पुरुषोत्तम प्रभु श्री रामको महिमा र सन्देशहरू प्रस्तुत गरिएको कथा वाचनमा भक्तजनहरू एकाग्र भई सहभागी भए। कार्यक्रममा रोहिणी २ का युवा नेता बिनय यादव र चंद्रभान तिवारीको पनि उपस्थिति रहेको थियो। श्याम धवलले सञ्चालन गरेको यस कार्यक्रमलाई सफल बनाउनुहुने सम्पूर्ण हिन्दू सनातन परिवारलाई आयोजकहरूले हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । यस पहलले धार्मिक सद्भाव र युवाहरूमा सामाजिक कार्यप्रतिको जागरणलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार