मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

गर्भवती तथा सुत्केरीलाई पोषण सामग्री वितरण

रासस 695+ समाचार ( )
२२ चैत्र २०८२, आइतबार

अर्घाखाँची । यहाँको सन्धिखर्क नगरपालिका–३ मा गर्भवती तथा सुत्केरीलाई पोषण सामग्री वितरण गरिएको छ । वडाभित्र रहेका सुनौलो हजार दिनका आमा तथा शिशुको पोषण सुधारलाई प्राथमिकता दिँदै सामग्री प्रदान गरिएको हो । बराहनेटा आधारभूत स्वास्थ्य केन्द्रको आयोजना तथा सन्धिखर्क नगरपालिका—३ कार्यालयको समन्वयमा सम्पन्न कार्यक्रममा २१ जना गर्भवती र ३१ जना सुत्केरी आमालाई पोषण सामग्री प्रदान गरिएको स्वास्थ्य केन्द्र प्रमुख धर्मराज पन्थीले बताउनुभयो ।

सुनौलो हजार दिन अवधिलाई लक्षित गर्दै आमालाई एक क्यारेट अण्डा, चना, साबुन र ‘नेल कटर’ वितरण गरिएको थियो । गर्भावस्था र सुत्केरी अवस्थामा सन्तुलित आहार, सरसफाइ र व्यक्तिगत स्वास्थ्य सुरक्षाले आमा र नवजात शिशुको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस्ता सामग्री वितरण गरिएको वडाध्यक्ष जम्शेर मियाँले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार