मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रुपन्देहीको धकधई–खैरहनी सडक खण्डमा स्थानीयद्वारा अवरोध, यातायात ठप्प

Ujyalosandeshonline 11005+ समाचार ( )
५ मंगशिर २०८२, शुक्रबार

भैरहवा । सडक निर्माणमा भएको चरम ढिलासुस्ती र धुलोका कारण जनजीवन कष्टकर बनेपछि रुपन्देहीको धकधई–खैरहनी सडक खण्डमा स्थानीय युवाहरूले यातायात अवरुद्ध गरेका छन् । ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा आक्रोशित युवाहरूले सडकमा ढाट राखेर बाटो बन्द गराएका हुन् ।

निर्माण कम्पनीले सडक अलपत्र छोडेको र धुलो नियन्त्रणका लागि सामान्य पानी समेत नहालेको भन्दै स्थानीयहरू आन्दोलित भएका हुन्। बाटोमा उड्ने अत्यधिक धुलोले स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै पैदल यात्री र सवारी साधनलाई समेत आवतजावतमा निकै सास्ती हुँदै आएको छ ।

स्थानीय युवा सनोज यादवले ठेकेदार र जनप्रतिनिधिको गैरजिम्मेवारीपनका कारण बाध्य भएर सडक बन्द गर्नु परेको बताए। उनले भने, "हामीले समस्या समाधानका लागि ठेकेदारलाई पटक–पटक फोन गर्यौं, तर उनले वास्तै गरेनन्। यता जनताको भोट जितेर गएका जनप्रतिनिधिहरूले पनि हाम्रो सास्तीमा खासै चासो देखाएनन्।"

यादवले निर्माण कम्पनीले तत्काल धुलो नउड्ने गरी सडकमा पानी हाल्ने व्यवस्था नमिलाएसम्म सडक नखोल्ने चेतावनी दिएका छन्। "जनता धुलोले बिरामी पर्दा कोही जिम्मेवार नहुने ? जबसम्म बाटोमा पानी हालिँदैन, तबसम्म हामी बाटो खोल्दैनौं," उनले भने।

यस विषयमा बुझ्न सम्बन्धित ठेकेदारलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। निर्माण कम्पनीको लापरबाही र स्थानीय सरकारका प्रतिनिधिहरूको मौनताले गर्दा विकासको काम जनताका लागि 'अभिशाप' बन्दै गएको स्थानीयको गुनासो छ। ठेकेदारले काम अलपत्र पार्दा र जनप्रतिनिधिले नियमन नगर्दा यसको प्रत्यक्ष मारमा सर्वसाधारण परेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार