मुख्य समाचार
आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ |

चाडपर्व लक्षित गोरखामा सवारी साधन चेकजाँच, यात्रुलाई सास्ती दिनेलाई कारबाही गरिने

Ujyalosandeshonline 11472+ समाचार ( )
२१ अशोज २०८२, मङ्गलबार

गोरखा । आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै गोरखा जिल्लामा सवारी साधनहरूको विशेष चेकजाँच अभियान सुरु भएको छ। चाडपर्वको समयमा यात्रुहरूको चापलाई व्यवस्थित गर्न र निर्धारितभन्दा बढी भाडा असुलेर यात्रुहरूलाई सास्ती दिने कार्यलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रशासन कार्यालय गोरखा र जिल्ला प्रहरी कार्यालय गोरखाको संयुक्त टोलीले छड्के चेकजाँच गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया र जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि.क. सहितको टोलीले जिल्लाका मुख्य यात्रुहरूको चाप बढी हुने स्थानहरू जस्तै बसपार्क, हरम्टारी, घ्याम्पेसाल बसपार्क र १२ किलो बजार लगायतका क्षेत्रमा छड्के चेकजाँच गरिरहेका छन्।

यो अभियानको मुख्य उद्देश्य यात्रुहरूलाई सहज र सुरक्षित यात्राको वातावरण प्रदान गर्नुका साथै बढी भाडा असुल्ने सवारी साधनहरूलाई तत्काल कारबाही गर्नु रहेको प्रमुख जिल्ला अधिकारी कडरियाले बताउनुभयो। प्रहरी उपरीक्षक वि.क.ले पनि चाडपर्वमा हुन सक्ने अनियमिततालाई रोक्न प्रहरी प्रशासन पूर्ण रूपमा कटिबद्ध रहेको जानकारी दिनुभयो।

चेकजाँचका क्रममा सवारी साधनका कागजात, चालक अनुमतिपत्र, सिट क्षमता र भाडादरको अनुगमन भइरहेको छ। यात्रुहरूलाई पनि कुनै समस्या वा बढी भाडा असुलिएको खण्डमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रशासनमा जानकारी गराउन आग्रह गरिएको छ। चाडपर्वका बेला यात्रुहरूले भोग्नुपर्ने समस्यालाई न्यूनीकरण गर्न यो अभियान प्रभावकारी हुने विश्वास गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार