मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

वडा नम्बर ९ को वडा भेला सम्पन्न

Ujyalosandeshonline 12441+ समाचार ( )
१६ जेठ २०८१, बुधवार

भैरहवा । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ ले बार्षिक निति तथा बजेट योजना तर्जुमा वडा भेला सम्पन्न गरेको छ । वडामा रहेका अति आवश्यक योजना तथा कार्यक्रमहरु लाई प्राथमिकताको आधारमा सूचिकृत गर्ने उद्देश्य सहित बुधबार भेला सम्पन्न भएको हो । 

भेलामा सहभागीहरुले अझै पनि वडा नम्बर ९ मा पूर्वाधार विकासमै जोड दिएका छन् । वडा नम्बर ९ मा अझै पनि धेरै बाटोहरु कच्ची रहेको कारण उनिहरुलाई पक्की गर्न वडावासीले माग गरेका थिए । यस्तै लक्षित समुदायलाई सचेतना एवम उनिहरुलाई सीपमूलक तालीममा पनि सहभागीहरको जोड रहेको थियो । 

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले अन्य वडाको तुलनामा वडा नम्बर ९ सरसफाई र मानवीय विकासमा अग्रस्थानमा रहेको बताए । उनले अहिले नगरपालिकाले “ग्रीन, क्लिन र ईकोफ्रेण्डली” को अभियानमा अगाडी बढेकोले यसमा सहयोग गर्न आग्रह गरे । उनले यो अभियान नगरपालिकाको प्रयासले मात्रै पुरा नहुने भएकोले यसमा नागरिक स्तरबाट नै सहयोग गर्नुपर्ने बताए । 

“सिद्धार्थनगर नगर पालिका पूर्वाधारको हिसुाबले अन्य नगरपालिका भ्न्दा अगाडी नै देखिएको छ ।” थापाले भने “त्यसैले अब पूर्वाधार संगै मानविय विकासमा पनि जोड दिने गरि योजना छनौट गर्नुहोला ।”

थापाले वडाको विकासमा टोल सुधारको ठूलो महत्व हुने बताउदै वडा नम्बर यसमा नमूना नै रहेको बताए । उनले आगामी दिनमा टोल विकास संस्थाहरुलाई कसरी उत्प्रेरित हुने गरि काममा लगाउन सकिन्छ भन्ने ख्याल गरेर बजेट छुट्टयाइने बताए । 

कार्यक्रममा बोल्दै वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले टोल स्तरबाट नै आएको योजनाहरुलाई प्राथमिकतामा राखि बजेट बनाईने बताए । उनले अहिले वडामा ९७ लाखको सिलिङ्ग रहेको कारण यसैको दायरामा रहि योजना पेश गर्न सहभागीहरुलाई आग्रह गरे । 

वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत जनक थापाको प्रमुख आतिथ्यतामा सम्पन्न वडा भेलामा वडा सदस्यहरु युवराज बराल, बसन्त प्रसाद भट्टराई, सविता हरिजन, ६ वटै टोल सुधार समितिका पदाधिकारी, राजनैतिक दलका प्रतिनिधि, बिद्यालयका प्रअ, अध्यक्ष लगायत वडावासीहरुको सहभागीता रहेको थियो । वडा सचिव अब्दुल रसिल पठानको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत वडा सदस्य बसुन्धरा शर्माले गरेकी थिईन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार