अर्घाखाँचीमा मोवाईल व्यवसायी संघको नयाँ नेतृत्व, हिताङ्ग अध्यक्षमा सर्वसम्मत

अनिल नेपाली 141+ समाचार ( )
४ श्रावण २०८२, शनिबार

अर्घाखाँची । नेपाल मोवाईल व्यवसायी संघ, अर्घाखाँचीको जिल्ला भेलाले समाजसेवी सञ्जय हिताङ्गको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा कमल पाण्डे, उपाध्यक्षमा सुदन आचार्य, महासचिवमा शिव बन्जाडे, सचिवमा प्रकाश भट्टराई, कोषाध्यक्षमा विशाल के.सी. र सहकोषाध्यक्षमा ऋषि बन्जाडे चयन भएका छन् ।

त्यसैगरी, समितिको वरिष्ठ सदस्यमा विजय कौसल तथा सदस्यहरुमा भरत कुवर, आकास खनाल, भविश्वर भुसाल, केशव सुनार, सचिन कार्की, ध्रुब पराजुली, रामु पौडेल, सरस्वता बन्जाडे र प्रकाश आचार्य रहेका छन् । भेलाले ७ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकारहरुमा विष्णु ज्ञवाली, डि.एन. भण्डारी, राजेन्द्र नेपाली, नारायण बस्नेत, खड्कबहादुर क्षेत्री, रुद्र पराजुली र मधु श्रेष्ठ रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल मोवाईल व्यवसायी संघका केन्द्रीय सदस्य विष्णु ज्ञवालीले व्यवसायीहरुको पेशागत सुरक्षा र हकहितका लागि एकता अपरिहार्य रहेको बताए । उनले नवनिर्वाचित समितिलाई एकताबद्ध भई सिर्जनशील र रचनात्मक काम गर्न आग्रह गर्दै एकतामा नै बल हुने कुरामा जोड दिए ।

मोवाईल व्यवसायी खड्ग बहादुर के.सी.को अध्यक्षता र नवनिर्वाचित अध्यक्ष सञ्जय हिताङ्गको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल मोवाईल व्यवसायी संघ लुम्बिनी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष वि.एन. भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । भेलामा जिल्लाका अधिकांश मोवाईल व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

खड्ग केसि ४ श्रावण २०८२, शनिबार

नवनियुक्त ब्यावसायकाे हक हितकाे साथै सर्वसाधारण जनतालाई गुणस्तरीय सेवा सुविधा काे निम्ति माेबाईल ब्यावसाय अगाडि बढने छ ,नवनियुक्त पदमा निर्वाचित हुने साथिहरुले सबैकाे राय सल्लाह बाट अगाडि बढ्नु हुनेमा आशावादि छाै ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार