मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सिद्धार्थनगरमा जथाभावी फोहोर फाल्नेलाई ५ हजार जरिवाना, नगर प्रहरीद्वारा कडा निगरानी

Ujyalosandeshonline 11005+ समाचार ( )
१८ श्रावण २०८२, शनिबार

भैरहवा । सिद्धार्थनगर नगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न विशेष अभियानलाई तीव्रता दिएको छ। बैशाखदेखि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले अटेरी गर्नेहरूमाथि अब जरिवानासहितको कारबाही अगाडि बढाएको हो।

नगरपालिकाले पछिल्लो समय नगरका विभिन्न स्थानमा रातको समयमा समेत नगर प्रहरी परिचालन गरी छड्के अनुगमन गरिरहेको छ। यसै क्रममा, बिहीबार साँझ जथाभावी फोहोर फाल्दै गर्दा रंगेहात पक्राउ परेका एक व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। ती व्यक्तिले नगर प्रहरीलाई समेत अभद्र व्यवहार देखाएका थिए। पछि वडा प्रहरी कार्यालय, भैरहवाको सहयोगमा उनलाई भविष्यमा त्यस्तो गल्ती नगर्ने सर्तमा माफी मगाएर जरिवाना तिराई छाडिएको नगरपालिकाका प्रशासन महाशाखा प्रमुख देव ज्ञवालीले जानकारी दिनुभयो।

"नगरलाई सफा, सुन्दर र हरियाली बनाउने हाम्रो अभियान हो," नगर प्रमुख इश्तियाक अहमद खानले भन्नुभयो, "तर कतिपयले अटेरी गरी रातको समयमा लुकेर फोहोर फाल्ने गरेको पाइयो। त्यसैले सचेतना, फोहोर उठाउन लगाउने र जरिवाना एकसाथ अघि बढाएका छौं।" उहाँले नगरलाई क्लिन, ग्रीन र वातावरण मैत्री बनाउने अभियानमा सम्पूर्ण नगरवासीको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो।

नगरपालिकाले नगरवासीलाई जथाभावी फोहोर नफाल्न र नगरपालिकाको फोहोर संकलन गर्ने ट्याक्टरमा मात्र फोहोर फाल्ने बानी बसाल्न आग्रह गर्दै विभिन्न चोक तथा सार्वजनिक स्थानमा सचेतनामूलक ब्यानरहरू समेत राखेको छ। फोहोरमैला व्यवस्थापन ऐन, २०६८ अनुसार नगरपालिकाले कसुरको प्रकृति हेरी ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार राख्दछ। पछिल्लो दुई महिनामा जथाभावी फोहोर फाल्ने १८ जनालाई कारबाही गरिएको र उनीहरूबाट ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना असुल गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले सरसफाइमा मात्र नभई नगरलाई सुन्दर बनाउन लगाइएका बोटबिरुवाका फूल टिप्ने र हाँगा भाँच्ने जस्ता कार्यमाथि पनि निगरानी बढाएको छ। नगरको सुन्दरता जोगाउनु सबैको साझा दायित्व भएको भन्दै नगर प्रमुख खानले यसमा सबै नगरवासीलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

Aarif Husain २७ श्रावण २०८२, सोमबार

Respected mayor factory haru ko phohar kata falne tractor wala haru chito lidainan .

Narayan GC १८ श्रावण २०८२, शनिबार

कता रैछ कडा ९ नम्बरको बाटो भरी फोहोर कस्तो छ भन्न्ने हेर्दा हुन्छ अझ पनि लोता लिएर खेतमा ट्वाइलेट जान्छन

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार