मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

घरघरमा निःशुल्क आयुर्वेद औषधी पाएपछि मुगुबासी खुशी

Ujyalosandeshonline 11005+ समाचार ( )
१६ फाल्गुन २०८१, शुक्रबार

मुगु । मुगुको उत्तर–पूर्वका मुगमकामारोङ्ख गाँउपालिकामाको माग्री गाँउमा रहेका स्थानीयले घर–घरमा निःशुल्क आयुर्वेद औषधी पाउन थालेका छन् । 

फागुन महिनाको चिसो समयमा यहाँका नागरिकहरुको हातखुट्टा, शरीरका बिभिन्न अंगहरु दुख्ने, पेटमा समस्या भएको हुनाले जिल्ला आयुर्वेत स्वास्थ्य केन्द्र मुगुले फाल्गुन १३ र १४ गर्ने निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको हुदा निशुल्क स्वास्थ्य शिबिरमा चेकजाच गराएर औषधी समेत निशुल्कमा आएपछि हिजोआज माग्री गाँउको घरघरमा आयुर्वेद औषधीको प्रयोग बढेको छ । 

जिल्लाको सबैभन्दा बढी बिभिन्न जातका जडिबुटी पाईने पालिकाबासी बिरामी पर्दा झारफुक र जडिबुटीका औषधीहरु प्रयोग गर्ने गरेका छन् । अन्य औषधी प्रयोग गर्दा आर्थिक समस्या हुने, साइट इफिक्ट हुने, घरगाउँमै पाइने घरेलु औषधि प्रयोग गर्ने गरेकाले जनचेतनाका कार्यक्रम अघि सार्न स्थानीयले माग समेत गरेका छन् ।

आयुर्वेद स्वास्थ्य केन्द्रले निशुल्क स्वास्थ्य शिबिर घर आँगनमै राखेर औषधि वितरण गरेपछि माग्रीबासी खुसी भएको छिरिङ्ख छुजुम लामाले बताइन् । देशका अन्य स्थानीय तहमध्ये मुग मकामारोङ्ख जडिबुटीको भण्डार भएको स्थानीय तह भएकाले शिविर संचालनले राहत मिलेको हो ।

जिल्ला आयुर्वेद केन्द्रले जिल्लामा धेरै प्रकारका औषधीहरु तयार गरेको र आगामी दिनमा पालिकासंग सहकार्य गरेर औषधी निर्माणमा ध्यान दिन माग समेत गरेका छन् । बजेट बिनियोजन गरी काम गर्न तयार रहेको पनि मुगमकामारोङ्ख गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृत सभाष चन्द्र रावतले बताए । 

सरकारले फागुन महिनामा नसर्ने रोग सम्बन्धि बिभिन्न कार्यक्रम सन्चालन गरेको छ । सोही अनुसार मुगुको माग्री गाँउमा नसर्ने रोग सम्बन्धि जनचेतना गर्ने, औषधी उपचार गर्ने काम समेत गरेको छ । 

दुई दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिबिरमा ६ सय ३१ जनालाई औषधी उपचार गर्नुका साथैं ३५ प्रकारको भन्दा बढी औषधी बितरण गरिएको छ । शिविरमा वाथरोग, हाडजोर्नी, ग्याष्टिक, जुका, पायल्स, शरीर चिलाउने, आँखाका बिरामीहरु बढी फेला परेको आयुर्वेद स्वास्थ्य कार्यालय मुगुका प्रमुख लक्ष्मी प्रसाद पाण्डेले बताए  । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार