मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

‘बोक्सीको घर’ सुपरहिट हुँदा सपनाजस्तै लागिरहेको छ : केकी अधिकारी

Ujyalosandeshonline 12437+ समाचार ( )
२० वैशाख २०८१, बिहीबार

काठमाडौं । अभिनेत्री केकी अधिकारीको ‘डेब्यू’ निर्माण रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ बक्सअफिसमा फ्लप साबित भयो । २०७५ वैशाख १४ मा रिलिज यो फिल्मलाई बलिउड फिल्म ‘मुम्बई एक्सप्रेस’को कपि गरेको आरोप पनि लाग्यो ।

विशाल भण्डारीको डेब्यू निर्देशन रहेको फिल्ममा केकी सहायक निर्मात्री छिन् । पहिलो फिल्म असफल भएका ६ वर्षपछि केकीले निर्माण गरेको दोस्रो फिल्म ‘बोक्सीको घर’ यतिबेला थिएटरमा हाउसफूलका साथ प्रदर्शन भइरहेको छ । गत वैशाख १४ गतेबाट प्रदर्शनमा आएको यो फिल्ममा विशेषत महिला दर्शकको उल्लेख्य उपस्थिति छ ।

‘बोक्सीको घर’मा केकीकै प्रमुख भूमिकामा अभिनय रहेको छ । फिल्म युनिटले बिहीबार राजधानीमा सीमित पत्रकारमाझ गरेको अन्तरक्रियामा अभिनेत्री केकीले ‘कोहलपुुर एक्सप्रेस’ले धेरै कुरा सिकाएको खुलाइन् ।

‘फिल्मको कथावस्तु बलियो भएमा फिल्म सफल हुन्छ भन्ने कुरा बोक्सीको घरबाट थाहा पाएँ । कोहलपुर एक्सप्रेसबाट पाठ सिकें । त्यो फिल्ममा पनि बलियो कथा भइदिएको भए सफल हुन्थ्यो’, उनले भनिन् ।

उनले ‘बोक्सीको घर’ सुपरहिट हुनु आफ्ना लागि सपनाजस्तै रहेको खुलाइन् । ‘फिल्म अझै पनि हिट भएको हो कि होइन भन्ने लागिरहेको छ’, उनले भनिन्, ‘फिल्म हिट हुँदा उर्जा महशुस हुँदोरहेछ । उनले चाँडै नै ‘बोक्सीको घर’को सिक्वेल ल्याउने तयारी भइरहेको जानकारी दिइन् ।

केकीको कुरामा सहमति जनाउँदै निर्देशक सुलक्षण भारतीले दोस्रो भागका लागि स्क्रिप्ट लेखनको काम पुरा भइसकेको बताए । उनले बीचमा एक फिल्मको काम गरेर ‘बोक्सीको घर २’ बनाउने जानकारी दिए ।

‘मैले बोक्सीको घरको पहिलो भाग सकेर दोस्रो भागको कथा लेखिरहँदा केकीजीलाई दोस्रो भागको कथा तयार भयो भनेर जानकारी दिएको थिएँ । तर केकीजीले पहिलो भागलाई हेरेपछि मात्र दोस्रो भागको तयारी गर्ने भन्नुभयो’, सुलक्षणले भने ।

फिल्मका वितरक डीसीएनका अशोक शर्माले फिल्मले ६ दिनसम्म देशव्यापी ५ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको जानकारी दिए । उनका अनुसार फिल्मले काठमाडौं उपत्यकामा २ करोड ७१ लाख ग्रस र उपत्यकाबाहिरका सहरमा २ करोड ७४ लाख ग्रस गरेको छ ।

‘फिल्मले यस्तो आक्रामक व्यापार गर्छ भन्ने हामीले कल्पना गरेकै थिएनौं । सामान्यतया काठमाडौं उपत्यका र उपत्यका बाहिरको कलेक्सन ६० र ४० प्रतिशतको हुन्छ । तर बोक्सीको घरको कलेक्सन बराबर छ । कुनै दिन त उपत्यका भन्दा बाहिरको बढी कलेक्सन छ’, शर्माले भने,‘अधिकांश स्थानमा महिला दर्शकको भीड छ ।

महिला दर्शकको संख्या हलमा बढ्नु भनेको त्यो फिल्मले अझै लामो यात्रा गर्छ भन्नु हो । किनभने ‘बोक्सीको घर’ अहिलेसम्म डगमगाएको छैन ।’फिल्ममा केकी अधिकारी, रमा थपलिया, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सुपला सापकोटालगायतको अभिनय छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार