मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सोरु गाउँपालिकाका स्थानीय बासीहरु जोखिम मोलेर पुल तर्न बाध्य

Ujyalosandeshonline 12437+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

मुगु । सोरु गाउँपालिकाको कुलाहा स्थित झोलुंगे पुल जीर्ण भएपछि स्थानीय बासीहरु जोखिम मोलेर पुल तर्न बाध्य छन् । पुलजीर्ण हुँदा कालै, खनाया, जिमा, पुरुमुरु लगायत दर्जनौं भन्दा बढी गाँउका नागरीकलाई वारिपारि गर्न मुस्किल भएको छ ।

मुगुको कुलाहास्थित मुगु कर्णाली नदीको जीर्ण झोलुंगे पुल लामो समयदेखि जीर्ण बन्दा स्थानीयलाई ज्यानकै बाजी थापेर पुल तर्नुपर्ने बाध्यता छ । खनाया गाउँका जनकबहादुर शाहीले पुल जीर्ण भएको झन्डै एक दशक बिते पनि मर्मतमा बेवास्ता भइरहेको बताए ।उनका अनुसार पुलमा बिछ्याइएका पाताहरू सबै उप्किएका छन भने वरपरको तार जाली खियाले चुडिएको छ ।

उनले भने, ‘टाढाबाटै हेर्दा पुल डरलाग्दो छ, एक जना भन्दा बढीले पुल तर्न सकिँदैन, हिँडाइको सन्तुलन नमिले कुन बेला नदीमा खसिने हो थाहै हुँदैन ।’छेदविच्छेद भएको उक्त पुलमा पशुचौपायालाई पनि वारपार गराउनुपर्ने भएकाले थप जोखिम भएको उनले बताए ।उनका अनुसार हिँउद लागेपनि कर्णाली नदीको बहाबन घटेकाले अहिले पनि नदी तर्नन सकिने बताए ।

स्थानीय सोरु गाउँपालिकाको केन्द्र पुग्न यसै पुलमार्फत आउजाउ गर्ने गरिन्छ ।  योजना सम्झौता गर्न, बजेट माग गर्न, सामाजिक सुरक्षा भत्ता बुझ्न, बैंकमा खाता खोल्न र सरकारी सेवा लिन जोखिमपूर्ण पुल तर्नुपर्ने बाध्यता भएको स्थानीय हर्कबहादुर शाहीले बताए ।

उनका अनुसार बालबालिका र ज्येष्ठ नागरिक भने पुल तर्न डराउँदा उनीहरूले लामो समयदेखि गाउँ छोड्न सकेका छैनन् । प्रदेश सरकारदेखि स्थानीय तहसम्मको ध्यानाकर्षण गराए पनि पुल निर्माणमा कसैको चासो नगएको उनको गुनासो छ । ‘दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भइसक्यो, सोरुकोट बजार जान पनि यो पुल तर्नुको विकल्प छैन,’उनले भने, ‘पुल जीर्ण हुँदा स्थानीय उत्पादन पनि बजारसम्म पु¥याउन सकिएको छैन ।’

कुलाहा पुल धेरै पुरानो र जिर्ण भएको हुँदा बजेट छुट्याएर जीर्ण पुल मर्मत गर्ने योजना भई रहेको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए ।शाहीका अनुसार पालिका भरिक ति पुलजीर्ण भएका छन्र ती पुल मर्मत गर्न कति बजेट आवश्यक पर्छ भन्ने बारे तथ्यांक संकलन गरी जिर्ण पुलहरुको मर्मत तथा निमार्ण गर्नको लागि संघीय सरकार,प्रदेश सरकारसंग बजेटको लागि पहल गरिने समेत बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार