मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |
मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |


बंगलादेशमा आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीले राखे पाँच बुँदे माग

Ujyalosandeshonline 11009+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

काठमाडौं । नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशन बंगलादेशले नेपालमै इन्र्टनसीप गर्न पाउनु पर्ने सहित विभिन्न पाँच बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मागहरु सार्वजनिक गरिएको हो ।

इन्टर्नसीप सम्बन्धी ऐन संशोधन गरी अवस्था र आवश्यकताअनुसार बंगलादेश अथवा नेपालमै एक वर्षे इन्टर्नसीप गर्न पाउनुपर्ने उनीहरुको पहिलो माग छ । नेपालमै इन्टर्नसीपको व्यवस्था गरेमा दक्ष युवा जनशक्ति विदेश पलायनबाट रोक्न सकिने एशोसिएशनको सुझाव छ । 

त्यस्तै, नेपाल मेडिकल काउन्सिलले बंगलादेशका मेडिकल कलेजहरुमा नेपाली विद्यार्थीहरु अध्ययन गर्नका निम्ति मापदण्ड तोकिनुपर्ने, मापदण्डविपरीत रहेका कलेजहरुलाई कालो सूचीमा राख्नुपर्ने, विद्यार्थी र अभिावकलाई ठग्ने कन्सल्टेन्सी एवं एजेन्टहरुलाई कारबाही गरिनुपर्ने उनीहरुको माग छ । 

साथै, मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षाका निम्ति छ महिना इन्र्टनसीप गर्नैपर्ने व्यवस्था संशोधन हुनुपर्ने, काउन्सिलले लिने लाइसेन्स परीक्षा न्यायिक एवं व्यवस्थित हुनुपर्ने र परीक्षाको प्रश्नपत्रमा एकरुपता हुनुपर्ने एशोसिएशनको माग छ । 

नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशन बंगलादेशका अध्यक्ष डा.नवीन यादवले आफूहरुको माग सम्बोधन गर्ने सन्दर्भमा सरकार संवेदनशील नदेखिए चररणवद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाइने बताए । कोटा प्रणालीको विरोधमा बंगलादेशमा भएको आन्दोलनका कारण आफूहरु नेपाल फर्किन बाध्य भएको उनले सुनाए । 

बंगलादेशमा पढ्दैगर्दा आफूहरुले भोगेका समस्या र समग्र चिकित्सा क्षेत्रको सुधारका लागि आफूहरुले यी मागहरु अगाडि सारेको उनले बताए । अध्ययन पूरा गरेर अहिले आफू इन्टर्नसीपमै रहेको बताउँदै उनले केही समयअघि नेपालमै इन्र्टनसीप गर्न पाउनुपर्ने माग गर्दै मेडिकल काउन्सिलमा जाँदा अपमानित हुनुपरेको बताए । 

त्यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले देशको मेडिकल शिक्षाको सन्दर्भमा पर्याप्त बहस नै नभएको बताए । यस विषयमा नेपाली पत्रकारिता जगत पनि चुकेको उनको भनाइ छ । 

लाखौंलाख विद्यार्थी मेडिकल शिक्षा पढ्न जान बाध्य हुनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ । नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशले राखेको माग पूरा गर्न सरकारलाई उनले आग्रह गरे ।

अहिले बंगलादेशमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरु त्यहाँ चर्किएको आन्दोलनका कारण समस्यामा रहेको बताउँदै पत्रकार धमलाले त्यतातिर राज्यको ध्यान जान आवश्यक रहेको बताए । 

‘नेपाली विद्यार्थीहरुले चीन, बंगलादेश, फिलिपिन्सलगायतका देशमा पढेर आउँदा समस्या छ । सरकारले सहयोग नै गर्दैन । मेडिकल काउन्सिलले शर्त दिन्छ । त्यो पूरा गर्न समस्या छ । नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशले अगाडि सारेको जायज र सान्दर्भिक माग पूरा गराउन सञ्चार जगत लाग्नुपर्छ,’–पत्रकार धमलाले भने । 

त्यस्तै, बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी स्तुती कार्कीले सरकारले इन्टर्नसीप नेपालमै गर्न दिएर नेपालको सिस्टम बुझ्ने अवसर दिनुपर्ने बताईन् । ‘हामीले उहाँ इन्टर्नसीप गर्दा उतैको औषधीको नाम सिक्नुपर्छ । जुन कुरा यहाँ आएर हामीलाई नेपालमा कुनै पनि काम लाग्दैन । हामीले यहाँ नेपालमा आएर नेपालकै औषधीहरुको नाम सिक्यौंभने छिटै मेडिकल सिस्टमलाई पनि बुझ्नसक्छौं,’उनले भनिन् । 

साथै, बंगलादेशमा चर्किरहेको आन्दोलनका कारण आफूहरुको पढाइ प्रभावित भएको उनले सुनाइन् । अहिले पाँच वटा प्रोफेस्नल परीक्षा र इन्र्टनसीप गर्नुपर्ने व्यवस्था रहेको बताउँदै उनले अब इन्टर्नसीप चाहीँ नेपालबाटै गर्न पाउनुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार