मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

कृष्णनगरबाट लागुऔषध चरेससहित पाँच जना पक्राउ

Ujyalosandeshonline 12441+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले लागुऔषध चरेससहित पाँच जना पक्राउ परेका छन् । भारत लैजान लागेको अवस्थामा २४ किलो ५ सय ६० ग्राम चरेस बरामद गरेको कृष्णनगर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

रुकुम पूर्वबाट ल्याइएको चरेस कृष्णनगर हुँदै भारत पु¥याउन खोजेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए । पक्राउ पर्नेहरूमा तीन जना महिला र दुई जना पुरुष छन् । प्रहरीका अनुसार खनियाबास गाउँपालिका– ५, धादिङका ५९ वर्षीया सेती तामाङको साथबाट ५ किलो ५५५ ग्राम, वर्ष ६६ को रेगदोन तामाङको साथमा ५ किलो ३६५ ग्राम र वर्ष ५२ की साङजोम तामाङनीको साथबाट ५ किलो ४८० ग्राम चरेस बरामद गरिएको छ ।

यसैगरी, सिद्ध कुमाख गाउँपालिका– ४, सल्यानका ४० वर्षीय थलबहादुर रोकाको साथबाट ४ किलो ६१५ ग्राम र भूमे गाउँपालिका– २, रुकुम पूर्व घर भई हाल लमही नगरपालिका– ४ बस्ने ३७ वर्षीया भावना बुढाको साथमा ३ किलो ५४५ ग्राम लागुऔषध चरेस फेला परेको हो । उनीहरूले कम्मरमा लगाएको कपडाको पेटीभित्र चरेस लुकाएर ल्याएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार