सामाजिक सञ्जालमा खुकुरी देखाएर आतङ्क सिर्जना गर्ने युवक लागुऔषधसहित पक्राउ

Ujyalosandeshonline 11549+ समाचार ( )
३ असार २०८३, बुधवार

दाङ । सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाई डराई धम्काई तथा कुटपिट गरेको भिडियो पोस्ट गर्ने एक युवक दाङबाट लागुऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन् । मगरले एक युवतीलाई जङ्गलमा लागिएर खुकुरीको त्रास देखाउँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

सोही क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको विशेष प्रहरी टोलीले उनकै घरबाट मगरलाई नियन्त्रणमा लिन सफल भएको हो । पक्राउको क्रममा प्रहरीले उनको साथबाट प्रतिबन्धित लागुऔषधहरू समेत बरामद गरेको छ, जसमा प्रेगाम्याक्स  १ ट्याब्लेट, ट्रोहमो ४१ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट र नित्राजोहम ५ ट्याब्लेट रहेका छन् ।

यस जघन्य घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अर्का २१ वर्षीय जिबराज खत्रीलाई पनि नियन्त्रणमा लिएको छ । हाल पक्राउ परेका दुवै जनामाथि प्रहरीले हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाएको छ । प्रहरीका अनुसार पीडित युवतीको स्वास्थ्य अवस्था भने हाल सामान्य रहेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यस घटना र पक्राउको बारेमा जानकारी गराएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै