मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

रविको पक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्रीप्रति चर्को आक्रोश

Ujyalosandeshonline 11474+ समाचार ( )
३ कार्तिक २०८१, शनिबार

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ विरुद्ध पोखरामा शक्ति प्रदर्शन गरिएको छ । शनिबार कार्यकर्ता एवम समर्थकहरुले पोखराको मानवअधिकार चोकमा पक्राउको विरोध गरिएको हो  ।

केन्द्रीयस्तरका नेतादेखि जिल्ला–जिल्लाबाट कार्यकर्ता उतारेर रास्वपाले पोखरामा शक्ति प्रदर्शन गरेको हो । विरोध प्रदर्शपछिको कोणसभामा पार्टी उपसभापति स्वर्णिम वाग्ले, डिपी अर्याल, कार्यवहाक प्रवक्ता मनिष झा, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरु तोसिमा कार्की, हरि ढकाल, नेता रमेश प्रसाईं, गण्डकी प्रदेश सभापति राजन गौतमलगायतले सम्बोधन गरे ।

कार्यक्रममा रास्वपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस महामन्त्री गगन थापाविरुद्ध कडा आरोप लगाएका थिए । प्रदर्शनकारीहरुले  ‘दलाल माफियाहरु होसियार’, ‘भ्याट छल्नेहरुलाई कारबाही गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘भ्रष्टहरूलाई कारबाही गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘केपी ओली मुर्दावाद’, ‘रवि दाइ हाइ हाइ’ जस्ता नारा लगाएका थिए । 

प्रदर्शनका क्रममा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलको तस्बिर प्रदर्शनकारीले ‘वास्तविक ठग’ भन्दै प्लेकार्ड देखाएका थिए । 

शुक्रबार काठमाडौँबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेर सडकमार्ग हुँदै शनिबार बिहान कास्की ल्याइएको थियो। रविको पछिपछि केही केन्द्रीय नेता पोखरा पुगेका हुन् । शनिबार पनि केही नेताहरु र समर्थक पोखरामा जम्मा भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार