मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

आठौ क्लब स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ गल्कोट र महिला तर्फ धादिङ विजयी

Ujyalosandeshonline 11474+ समाचार ( )
१६ अशोज २०८१, बुधवार

काठमाडौं । आठौं क्लब स्तरीय क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको संयुक्त आयोजनामा असोज ९ गतेदेखि पोखरा नदिपुरको छन्त्याल खेल मैदानमा सञ्चालित प्रतियोगिता पुरुष तर्फ गल्कोट स्पोर्टस् क्लब, वागलुङ र महिला तर्फ धादिङ स्पोर्टस् क्लब, धादिङले उपाधि हात पारेको छ ।

पुरुषतर्फ एपिएफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै गलकोटले उपाधि जित्न सफल भयो । गलकोटले एपिएफलाई २५– १९, २५–२० र २५–२२ ले पराजित ग¥यो । गलकोटले उपाधिसँगै एक लाख ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त पायो । उपविजेतामा बनेको एपिएफ पोखरा ८० हजारमा चित्त बुझाउनुप¥यो । 

विधागततर्फ उत्कृष्ट सेटर सुजन चोखाल, डिफेन्डर विक्रम भुजेल, स्पाइकर सुरेन्द्र केसी, ब्लकर इन्दु विक, उदयमान सरोज वर्देवा, प्रशिक्षक सुरेन्द्र केसी बन्दा सन्तोष विक सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए । महिला तर्फ नदिपुर पोखरालाई ३–१ ले पराजित गर्दै धादिङ स्पोट्सले उपाधि हात पा¥यो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको धादिङले दोस्रो २६–२८ ले नदिपुरलाई सुम्पिएको थियो ।

तेस्रो सेट २५–२० र चौथो सेट २५–२१ ले पुनरागमन गर्दै धादिङले उपाधि रक्षा ग¥यो । उपाधिसँगै धादिङले नगद ५० प्राप्त ग¥यो । फाइलनमा पराजित भएको नदिपुरले ३५ हजारमा चित्त बुझायो ।

विधागतर्फ उत्कृष्ट सेटर पूर्णकला खत्री, स्पाइकर पुनम सुनारी, ब्लकर अनिशा रोकामगर, डिफेन्टर सलिना गुरुङ, उदयमान जमुना गुरुङ, प्रशिक्षक विरु लामा बन्दा, निरुता शाही ठकुरी सर्वोत्कृष्ट खेलाडी बनिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार