मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |
मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |


कर्णालीमा श्रमाधान रोजगार मेलाको तयारी पूरा

Ujyalosandeshonline 11009+ समाचार ( )
२४ जेठ २०८१, बिहीबार

काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतमा हुने ‘श्रमाधान रोजगार मेला’ को तयारी पुरा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कर्णाली प्रदेश सरकार सुर्खेत र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आयोजनामा शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगर स्थित सिटी हलमा मेला शुरु हुँदैछ ।

मेलाको बिषयमा जानकारी दिन विहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका फोकल पर्सन उपसचिव टिकाराम ढकालले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकबीच भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको बताए । ‘मेलाले रोजगारीका अवसरहरु सृजना गर्ने, सीप विकास प्रबद्र्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा शसक्तीकरण गर्ने र सार्वजनिक नीजि साझेदारी अभिवृद्धि गर्नेमा हामी विश्वस्त छौ,’ उनले भने ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्स कर्णाली प्रदेश अध्यक्ष चिन्तामणी न्यौपानेले नेपालमा दक्ष श्रमिकको अभाव रहेको बताए । रोजगारदाताले आवश्यकता अनुसारको श्रमिक नपाउने अवस्थालाई यस्तो खालको मेलाले सम्बोधन गर्ने उनले बताए ।

वर्षौदेखि हामी हरेक कुराको लागि अन्य मुलुकमा भर पर्नुपर्ने अवस्था छ । तर, अबका दिनमा नेपालमा नै गरीखाने वातावरण सृजना गर्न, आन्तरिक रोजगारी सृजना गर्न, यहाँको रोजगारीको अवस्था बुझन, कस्ता खालको सीपको आवश्यकता पर्छ भन्ने खालको बिषयलाई सम्बोधन गर्न यस्तो खालको मेलाले सहयोग गर्नेमा म विश्वस्त छु,’ उनले भने ।

त्यस्तै, कमर्सका अध्यक्ष न्यौपानेले नेपाल चेम्बर अफ कसर्मको समन्वयमा ११० जनालाई रोजगारी अवसर प्रदान गरिने बताए । ‘सिद्धार्थ विजनेश ग्रुपले ६० जना, नेपाल टपले ५० र अग्नि ग्रुपले ५० जना श्रमिकको माग गरेका छन्,’ उनले भने । यसैगरी मेला अवधिमा अन्य क्षेत्रमा पनि रोजगारीको अवसर प्रदान हुनेछ ।

श्रम कार्यालय सुर्खेतका कार्यालय प्रमुख श्रीसमशेर रानाले मेलाको तयारी पुरा भएको बताए । हालसम्म मेलामा ४० वटा नीजि क्षेत्रका स्टलहरु रहने छन् । जसमध्ये ३४ वटा स्टलहरु बुक भै सकेको उनले बताए । बेलुकासम्ममा अन्य स्टलहरु पनि बुक हुने अपेक्षा रहेको उनले बताए ।

मेला विहान १० बजे श्रमदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ । मेलाको रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गर्ने उनले जानकारी दिए ।  

 

मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सह आयोजकको रुपमा चेम्बर अफ कमर्स कर्णाली प्रदेश, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल, नेपाल तालिम तथा रोजगार महासंघ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासंघ छन् ।

मेलामा मध्यान्ह १२ बजेदेखि विभिन्न कार्यशालाहरु सञ्चालन हुनेछन् । सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाई, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानून, सामाजिक सुरक्षा एवंम आन्तरिक रोजगारीका विषयक कार्यशालाहरु सञ्चालन हुनेछन् । साथै वागिना एवंम लोक दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशले संयोजन गर्नेछ । हुड्के नाच, झ्याउरे नाच, डेउडा समूहको प्रस्तुती रहनेछ ।

१७ गते कोशी प्रदेशको विराटनगरबाट शुरु भएको रोजगार मेला प्रत्येक प्रदेशमा २÷२ दिन सञ्चालन भइरहेको छ । कर्णालीमा २५ र २६ गते सञ्चालन हुनेछ ।

मेलामा नेपाल स्काउट एवं कोपिला भ्याली समाजका स्वयंसेवकहरु, सुरक्षा निकायहरु, आईएलओ, स्वीस हेल्भेटास, विश्वविद्यालय, नेपाल बैकर्स एशोसियसन, नेपाल नगरपालिका संघ, गाउँपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल संयुक्त युनियन समन्वय केन्द्र, प्रत्येक प्रदेशमा रहेका स्थानीय तहहरु, नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, टे«किगं एजेन्सि एशोसियसन एफ नेपाल, नेपाल माउन्टेरिगं एशोसियसन, सेभ द चिल्ड्रो, वल्र्डलिंक कम्यूनिकेशन र एभरेष्ट नेटको पनि सहभागीता हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार