मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

विद्युतीय व्यवसायी संघमा मिलन शिवाकोटी सर्वसम्मत

Ujyalosandeshonline 11005+ समाचार ( )
२८ पौष २०८१, आइतबार

काठमाडौं । काठमाडौं विद्युतीय व्यवसायी संघको अध्यक्षमा दोलखाका मिलन शिवाकोटी सर्वसम्मत चयन भएका छन्। धुम्बाराहीमा सम्पन्न संघको आठौँ अधिवेशनले शिवाकोटीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

कार्यसमितिको उपाध्यक्षमा श्रीलाल श्रेष्ठ, सचिवमा रेवती रमण पौडेल, कोषाध्यक्षमा अञ्जन तिमल्सिना तथा सह–सचिवमा भिष्मराज श्रेष्ठ चयन भएका छन् ।

यसैगरी, सदस्यहरूमा सुमन तिमल्सिना, मिलन बस्नेत, बलराम अर्याल, गोपालबहादुर केसी, सुरेन्द्र राज उप्रेती, अचुतम तिमल्सिना, पदम प्रसाद न्यौपाने र कमला न्यौपाने चयन हुनुभएको निर्वाचन समितिका प्रमुख दिलिप कुमार अग्रवालले जानकारी दिए । 

उनका अनुसार निर्वाचन कार्यक्रम सम्पन्न भएलगत्तै बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले श्रद्धा अधिकारी साहलाई सदस्य मनोनीत गरेको छ ।

विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाको आतिथ्यता र नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका उपाध्यक्ष जय प्रसाद शिवाकोटीको विशेष आतिथ्यतामा संघको १५औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशन सम्पन्न भएको थियो । संघको विधानबमोजिम नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

संघको आठौँ अधिवेशनका निम्ति संघकै पूर्व अध्यक्ष समेत रहेका दिलिप कुमार अग्रवालको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । सो समितिको सदस्यमा संघका पूर्वअध्यक्ष राजेन्द्र वैष्णव र पूर्वकोषाध्यक्ष प्रभाकर पुरी रहेका थिए ।

लामो समयदेखि विद्युतीय सामग्रीहरूको व्यापार व्यवसायमा आवद्ध रहँदै आएका नवनिर्वाचित अध्यक्ष शिवाकोटी भोटेबहालस्थित सिमा ट्रेड लिंकका प्रोप्राइटर हुन् । उनी विभिन्न सामाजिक कार्यहरूमा पनि सक्रिय रहँदै आएका छन् ।

निर्वाचित भएपछि अध्यक्ष शिवाकोटीले आफ्नो कार्यकालमा संघका सदस्यहरूले शीर उच्च हुनेगरी आफ्ना गतिविधिहरू सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । व्यवसायीहरूले भोग्दै आएको कर, भ्याट र भन्सारलगायतमा देखिएका समस्याहरू समाधान गर्न सरकारसँग लविङ गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे । दुई वर्षे कार्यकालका निम्ति विस्तृत कार्ययोजना निर्माण गरेर आफू अघि बढ्ने उनको भनाइ छ ।

काठमाडौं जिल्लामा विद्युतीय सामानहरूको उत्पादन, बिक्री तथा त्यससम्बन्धी व्यवसाय गरिरहेका उद्यमी तथा व्यापारी व्यवसायीहरूबीच आपसी समन्वय र सहयोग स्थापना गरी व्यावसायिक हकहितको संरक्षण गर्न स्थापित संघमा हाल ६५० जना सदस्य छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार