मुख्य समाचार
पर्वतमा नदीजन्य पदार्थ उत्खनन्मा तीन महिना रोक | सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ | बाजुरामा साइबर अपराध, बाल विवाह र बाल यौन दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | सांसद पौड्याल | घुस लिएको अभियोगमा मुद्दा दायर | जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु | ओमसतियामा गाउँपालिकाको आधुनिक प्रशासनिक भवनको शिलान्यास | एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो |

३०औं अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफी – एनपिएस ‘रेड’ र एपिएफ स्कूल फाइनलमा

Ujyalosandeshonline 11573+ समाचार ( )
२ पौष २०८१, मङ्गलबार

नेपाल पुलिस स्कूल, साँगा, काभ्रेपलाञ्चोकको आयोजनामा मंसिर १८ गतेदेखि सञ्चालनमा रहेको ३०औं अन्तर माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८१ को फाइनलमा आयोजक नेपाल पुलिस स्कूल साँगाको टिम एनपिएस ‘रेड’ र नेपाल एपिएफ स्कूल किर्तिपुर प्रवेश गरेका छन्।

मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक टिमले नेपाल पुलिस स्कूल दाङलाई ३–० को गोल अन्तरले पराजित गर्यो । रोमाञ्चक खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफ सुरु भएको केही समयपछि, दुई मिनेटको अन्तरमा नसिब हेन्जन र दिप्सन पाण्डेको गोलले नेपाल पुलिस स्कूल साँगाले २–० को अग्रता लियो । त्यसपछि, खेलको ६८औं मिनेटमा, खेलको म्यान अफ दि म्याच निश्चल मगरले गोल गर्दै टिमलाई ३–० को जित दिलाए । 

त्यस्तै, मंगलबारकै दोस्रो सेमिफाइनल खेलमा नेपाल एपिएफ स्कूलले प्रतियोगिताको अर्को बलियो टिम नेपाल पुलिस स्कूल धरानलाई ३–१ को गोल अन्तरले पराजित गरि फाईनलमा स्थान सुरक्षित गरेको छ । सुरुमा १–० पछि परेको एपिएफले पछि उत्कृष्ट खेल प्रदशन गरि ३ गोल गर्न सफल रह्यो । दुई गोलको योगदान गरेका एपिएफका अविन बश्याल म्यान अफ दि म्याच घोषित भए ।

विद्यालयस्तरको सबैभन्दा पुरानो र धेरै धनराशि पुरस्कार भएको यस प्रतियोगिताको फाइनल खेल र समापन समारोह पुष ५ गते नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरको उपस्थितिमा हुनेछ । विजेताहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । पहिलो, दोस्रो, र तेस्रो स्थान प्राप्त गर्ने टिमले क्रमशः रु. ६०,०००,४०,०००, र २०,००० जित्नेछन् । साथै, उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत विधामा विशेष पुरस्कार प्रदान गरिनेछ ।

गत मंसिर १८ गतेदेखि सञ्चालनमा आएको प्रतियोगितामा नेपाल पुलिस स्कूल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कूल धरान, चितवन, दाङ र सामाखुसी, सैनिक आवासीय माध्यमिक विद्यालय, सशस्त्र प्रहरी विद्यालय तथा काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी १५ विद्यालयका १६ टिम सहभागी थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार