मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

कांग्रेसले आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने

Ujyalosandeshonline 11474+ समाचार ( )
१३ माघ २०८०, शनिबार

काठमाडौं । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान आजबाट सञ्चालन गर्ने भएको छ । अभियान झन्डै दुई सातासम्म सञ्चालन गर्ने तयारी कांग्रेसको छ ।  शनिबारदेखि माघ २६ गतेसम्म सो अभियान सञ्चालन हुँदै छ । 

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अभियानका क्रममा समुदायस्तरमा प्रत्यक्ष गई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन गरी आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने जानकारी गराए । 

अभियानका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधिलाई जिल्लास्तरमा खटाएको छ । केन्द्रीय प्रतिनिधिको समन्वयमा पार्टीका जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सबै (६७४३) वटा वडामा प्रतिनिधि खटाइने तय भइसकेको पौडेलले जानकारी दिए । 

अभियान मूलतः वडा केन्द्रित रहने छ । माघ १६ गते सहिद दिवसका दिन विशेष कार्यक्रमसहित अभियानको पहिलो चरण प्रारम्भ हुने कांग्रेसले जनाएको छ । वडा तथा जिल्लास्तरमा खटिएका केन्द्रीय प्रतिनिधिबाहेक पार्टीका केन्द्रदेखि वडा तहसम्म पदाधिकारीका साथै सदस्यहरु परिचालित हुनेछन् । साथै विभिन्न भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिलाई समेत कांग्रेसले अभियानमा एकसाथ परिचालन गर्ने जनाएको छ । आजबाट सुरु हुने अभियानको माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसका दिन पारेर समापन गर्ने कांग्रेसले तय गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार