मुख्य समाचार
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने |

जनकपुरधाममा शनिबार होली, १७ स्थानमा ट्राफिक चेकिङ्ग, ५ सय प्रहरी तैनाथ रह्ने

Ujyalosandeshonline 11003+ समाचार ( )
३० फाल्गुन २०८१, शुक्रबार

जनकपुर । तराई मधेशमा आज होली मनाइँदैछ तर जनकपुरधाममा भने भोली मात्र होली मनाईने छ । जनकपुरलगायत मिथिलाञ्चल क्षेत्रमा माध्यमिकी परिक्रमा सम्पन्न भएको भोली पल्ट मात्र होली खेल्ने परम्परा रहेकोले, जनकपुरधाममा भोली होली मनाईन्छ ।

जनकपुरधामको होली देशैभरमा प्रख्यात रहेको छ । खासगरी जनकपुरधाममा हुने मट्काफोर र हिलो खेल्ने परम्पराले जनकपुरधामको होलीलाई अन्य भेग भन्दा आकर्षक बनाएको हुन्छ । जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाले होलीमा कुनै उत्श्रृङखल गतिविधी नहुन दिन विशेष सुरक्षा योजना लागु गरेको छ । 

कुनै पनि अप्रिय घटना नघटोस् भन्ने उद्देश्यले धनुषा प्रहरीले ५ सय प्रहरीको टोली तैनाथ गर्दै व्यापक सुरक्षा व्यवस्था मिलाएको छ । प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीका अनुसार जनपथ, सशस्त्र, राष्ट्रिय अनुसन्धान र प्रदेश प्रहरी कार्यालयबाट थप प्रहरी टोलीको सहयोगमा यो सुरक्षा योजना बनाइएको हो । उनले भने, ‘हामी होलीको हर्षोल्लासलाई रोक्न चाहँदैनौं । तर, हामीले सम्भावित अप्रिय घटनालाई रोक्नका लागि यो सुरक्षा योजना बनाएका हौं ।’

सुरक्षा योजना अन्तर्गत धनुषा जिल्लाका प्रमुख स्थानहरूमा विशेष निगरानी राखिनेछ । सर्वसाधारणको भीड हुने स्थानहरू, परिक्रमा स्थलहरू, नाका, पार्किङ एरियाहरू र होली सेलिब्रेशन हुने स्थलहरूमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीको नेतृत्वमा होली पर्वलाई सुरक्षित र सभ्य बनाउने उद्देश्यले विभिन्न सुरक्षा उपायका साथै निर्देशन जारी गरिएको छ । होलीको दिन कुनै पनि सवारी साधन नियम उल्लङ्घन गरेमा उनीहरूलाई कडा कारबाही गरिनुका साथै कारबाहीमा परेका सवारी साधनलाई भोलिपल्ट मात्र छाडिने जनाइएको छ । धनुषा जिल्लामा होली पर्वको समयमा ६० जना ट्राफिक प्रहरी प्रमुख चोक र मार्गहरूमा कडा निगरानी गर्नेछन् । १७ स्थानमा चेकिङ्ग हुनेछ भने ५ स्थानमा मादक पदार्थ सेवन जाँच (मापसे)  गरिने निरीक्षक वलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार