मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

भैरहवाबाट फेरि रोकियो कतार एयरवेजको उडान

Ujyalosandeshonline 12437+ समाचार ( )
१८ मंगशिर २०८१, मङ्गलबार

भैरहवा । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान रोकिएको छ । एयरवेजले भैरहवा विमानस्थलबाट कार्तिक २७ गतेदेखि मंसिर १५ गतेसम्म उडान अनुमति लिएको थियो । त्यसपछि उसले अनुमति नलिदाँ आइतबार देखि उडान रोकिन पुगेको हो ।

एयरवेजले गत कार्तिक २७ गते देखि भैरहवाबाट वाइडबडी विमान एयरबस ३३० मार्फत दोहा-भैरहवा-काठमाडौं-दोहा रुटमा दैनिक एक व्यवसायिक उडान सुरु गरेको थियो ।कतार एयरवेजले मंसिर १५ गतेसम्म मात्र उडान अनुमति लिएकोले भैरहवाबाट एयरवेजको उडानको रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । 

भैरहवाबाट मंसिर १५ पछि पनि उडानका लागि प्रस्ताव पेश गर्न ईमेल मार्फत पत्राचार गरिएकोमा एयरवेजले भैरहवाबाट उडानका लागि उच्चस्तरमा कुराकानी गरेर निर्णय गर्ने जवाफ पठाएको उनले बताए । 

‘कतार एयरवेजले अनुमति लिदाँ ०८१ चैत १६ गतेसम्म अनुमति लिनुपर्ने हो तर कार्तिक २७ गते देखि मंसिर १५ गतेसम्ममात्र अनुमति लिएको थियो’, उनले भने, ‘उक्त समयावधीको अनुमति लिदाँ एयरवेजले पछि अवस्था हेरेर समय थप गर्ने भनेको थियो । तर, अहिलेसम्म थप अनुमतिको लागि प्रस्ताव गरेको छैन ।’

उनले आफुहरुले भैरहवाबाट उडानका लागि कतार एयरवेजसँग समन्वय गरिरहेको र उडानको अपेक्षा लिइएको बताए । उक्त समयावधीमा कतार एयरवेजले भैरहवाबाट ३८ वटा उडान-अवतरण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । हाल भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई, र थाई एयर एशियाले नियमित उडान भर्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार