मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

नेपालमा जनधनको क्षतिपछि मोदीले भने : आवश्यक सहयोगका लागि तयार छौं

Ujyalosandeshonline 12441+ समाचार ( )
१९ अशोज २०८२, आइतबार

काठमाडौं । नेपालमा हालैको लगातारको भारी वर्षाका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् । उनले यस कठिन समयमा नेपाल सरकार र नेपाली जनतासँग ऐक्यभाव प्रकट गर्दै भारत सँधै सहयोगका लागि तयार रहेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री मोदीले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत एक सन्देश दिँदै भनेका छन्, ‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति अत्यन्तै दुःखद छ । यस कठिन घडीमा हामी नेपाल सरकार र नेपाली जनताको साथमा छौं । मित्र राष्ट्र र पहिलो प्रत्युत्तरदाताको हैसियतले भारत आवश्यक सबै प्रकारको सहयोग गर्न प्रतिबद्ध छ ।’

नेपालका विभिन्न भागहरूमा जारी भारी वर्षाले बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद् निम्त्याउँदै मानवीय तथा भौतिक क्षति पु¥याएको छ । उद्धार र राहतकार्य जारी रहेको अवस्थामा भारतले पुनः एक पटक छिमेकीको हैसियतले सहयोगको प्रस्ताव अघि सारेको हो । यसअघि पनि भारतले नेपालमा विभिन्न विपद्को बेला उद्धार, राहत तथा पुनर्निर्माणमा सक्रिय भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार