मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

आगामी चुनावबाट देशले जित्नुपर्छः अध्यक्ष लिङ्देन

Ujyalosandeshonline 11005+ समाचार ( )
१२ पौष २०८२, शनिबार

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल चुनाव जित्ने उद्देश्यका साथ नभई देशलाई जिताउने स्पष्ट एजेन्डासहित राजनीतिक मैदानमा उत्रिएको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित जनजागरणसभामा उहाँले आगामी निर्वाचन व्यक्ति विशेष वा दलको जितमा सीमित नभई राष्ट्रको हित, स्थायित्व र भविष्यसँग जोडिनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष लिङ्देनले आफ्नो पार्टीको राजनीतिक लक्ष्य सिट सङ्ख्या बढाउने मात्र नभई देशलाई सङ्कटबाट जोगाउने रहेको उल्लेख गर्नुभयो । “हामी चुनाव जित्ने कुरा मात्रै लिएर आएका छैनौँ । चुनाव भयो भने राप्रपाले जित्ने कुरा पनि आउँछ, तर त्योभन्दा ठूलो कुरा देशले जित्ने वातावरण बनाउनु हो । देश जित्न सबै राष्ट्रवादी शक्ति एक ठाउँमा उभिन आवश्यक छ”, उहाँले भन्नुभयो । 

देश हाल गम्भीर राजनीतिक, आर्थिक र सामाजिक सङ्कटतर्फ उन्मुख भएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले यस अवस्थाबाट निकास पाउने लोकतान्त्रिक उपाय स्वच्छ, निष्पक्ष र समयमै हुने निर्वाचन नै भएको बताउनुभयो । जनताको जनादेशमार्फत बलियो नेतृत्व स्थापित नगरेसम्म राजनीतिक स्थायित्व र समृद्धिको आधार तयार नहुने उहाँको भनाइ थियो ।

राप्रपा नेता विक्रम पाण्डेले पछिल्ला वर्षमा भएका आन्दोलन, राजनीतिक अस्थिरता र निर्णयहीनताका कारण देश र जनताले ठूलो पीडा भोग्नुपरेको बताउनुभयो । उहाँले लामो समयदेखि जारी अन्योलले आर्थिक गतिविधि प्रभावित हुनुका साथै जनजीवन कष्टकर बन्दै गएको भन्दै संविधानअनुसारको निर्वाचन नै समस्याको समाधान भएको बताउनुभयो । 

नेता ज्ञानेन्द्र शाहीले राजनीतिक अस्थिरताका कारण बेरोजगारी, महँगी र युवाको विदेश पलायन तीव्र बनेकाले अब जनताले मतमार्फत आफ्नो भविष्यको निर्णय गर्नुपर्नेमा जोड दिनुभयो । नेतृ खुश्बु ओलीले देशको हित र पहिचान जोगाउन बलियो राष्ट्रवादी नेतृत्व आवश्यक रहेको बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार