मुख्य समाचार
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह | आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना | वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात | रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल | राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह | बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने |

बीपीको पालामा जस्तो नैतिक धरातल अहिलेको कांग्रेसजनमा छैन् : डा.यादव

Ujyalosandeshonline 11042+ समाचार ( )
२१ पौष २०८०, शनिबार

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले बीपी कोइरालाको पालाको राजनीतिक परिवेशलाई जोडेर अहिले देशमा केही भएन भनेर मूल्यांकन गर्नु उचित नभएको बताएका छन् । 

देशमा दुईवटा संविधान सभाबाट जारी भएको नेपालको संविधानपछि पनि जनताको अवस्थामा देखिनेगरी सुधार नहुनु चिन्ताको विषय भएको उनको भनाइ थियो । बीपीले लिएको गाउँ जोड्ने नीतिलाई मनन् गर्नुपर्ने धारणा राख्दै यादवले पछाडि फर्किने भन्दा बीपी, समाज, राजनीति र अहिलेको व्यवस्थाको अध्ययन गरी गम्भीर भएर अगाडी बढ्नुपर्ने सुझाए ।

बीपी विचार राष्ट्रिय समाजले प्रकाशनमा ल्याएको ‘बीपीवाद’ पुस्तकको शनिबार काठमाडौमा लोकार्पण गर्दै यादवले बीपीको विचार अजर र अमर रहेको उल्लेख गर्दै बीपीको पालामा जस्तो नेपाली कांग्रेसको दर्शन, विचार र नैतिक धरातल अहिलेको कांग्रेसजनमा नभएको उनको भनाइ थियो ।

‘गौरव गर्छु कि म त्यो(कांग्रेस) संस्थामा छैन् । त्यो संस्थाबाट म देशको राष्ट्रपतिसम्म भएँ । त्यो संस्थाको दर्शन बीपीले दिनुभएको थियो र बीपीका जो सहयात्रीहरु थिए–गणेशमानजी, कृष्णप्रसादजी, गिरिजाप्रसाद कोइरालालगायतको नैतिक धरातल अहिलेको कांग्रेसीमा खोज्यौं भने हामी आफैं बुझिहाल्छौं,’ डा.यादवले भने ।

बीपीको फिजिसिएन बनेर काम गरेको स्मरण गर्दै डा.यादवले अब नेपालीहरुमा पछाडि फर्किएर हेर्ने समय नभएको उल्लेख गरे । ‘हामीले बीपीको, लोकतन्त्रको अध्ययन गरेका छौं । क्षेत्रीय र संसारको राजनीतिको अध्ययन गरौं । समाज परिवर्तनको इतिहास पढौं र जहाँसम्म आइसकेका छौं त्यो भन्दा अगाडि बढ्नको लागि हामीले बाटो खोजौं । पछाडि फर्केर हेर्ने हाम्रो समय छैन् ।’

तीन करोड नेपालीको र राष्ट्रको अस्तित्व जोगाउन साथै देशको अर्थतन्त्र मजबुद बनाउन गम्भीर भएर लाग्नुपर्ने उनको विचार थियो । उनले देशमा रोजगारी नपाएर विदेशिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए ।

‘आज लाखौं युवाहरु बाहिर गइरहेका छन् । बीपीले ‘यो गाउँको देश हो र गाउँलाई बनाउँनुपर्छ’ भनेर विस्तृत खाका दिनुभएको थियो । त्यसलाई विकाससँग जोडेको भए सायद आज यस्तो स्थिती आउने थिएन । यतातिर विद्धान र सरकारको ध्यान जाओस’,डा.यादवको आग्रह थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार