मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक सुरु

Ujyalosandeshonline 12441+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

काठमाडौं । सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समिति गठन गर्ने विषयमा छलफल गर्न गठित कार्यदलको बैठक सुरू भएको छ । 

सिंहदरबारस्थित कानून मन्त्रालयमा बसेको बैठकमा कानूनमन्त्री पदम गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार र नेता ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सहभागी छन् । 

सोमबार नै कार्यदलको बैठक बसेर छलफल गर्ने तयारी भएपनि बैठक बस्न सकेको थिएन । मंगलबार बिहान फेरि बैठक बोलाइएका कारण आफूहरु छलफलमा सहभागी भएको र पुरानै अडान कायम रहेको कांग्रेस सहमहामन्त्री परियारले बताए । ‘हिजै बस्ने भनिएको थियो । तर हिजो उहाँहरुले नै बैठक स्थगित गर्नुभयो । फेरि आज बोलाउनुभयो,’ उनले भने, ‘हाम्रो अडान उही हो । उहाँहरुले भनेजस्तो सामान्य छानबिन समिति गठन गर्ने कुरा होइन । देशको गृहमन्त्रीले ठगी गरेको आरोप लागेको छ, त्यसकारण उहाँको नाम तोकेर नै छानबिन गर्ने हो ।’

सत्तापक्ष र प्रतिपक्षबीच संसदीय छानबित समिति गठन गर्ने सहमति भएपनि त्यो समितिको कार्यादेशमा गृहमन्त्रीको नाम समावेश गर्ने वा नगर्ने भन्ने विषयमा मतभेद छ । 

संसदीय समिति गठनका विषयमा सहमति नभए आज पनि कांग्रेसले संसद्का दुवै सदनको बैठकमा अवरोध गर्ने जनाएको छ । कांग्रेसले यही माग राखेर बजेट अधिवेशन सुरु भएयताका सबै बैठकहरुमा अवरोध गर्दै आएको छ । तर सोमबार भने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षीको नाराबाजीका बीच प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार