मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

दार्चुला भ्रमणः संसदीय टोली अचानक रोकियो, गृह सचिव र महानिरीक्षक पुगेर फर्किए

Ujyalosandeshonline 12444+ समाचार ( )
२६ वैशाख २०८१, बुधवार

काठमाडौं । दार्चुला जाने अन्तिम तयारी भैसकेको संसदीय टोली अचानक भ्रमण स्थगित भएपछि निकट भविष्यमा जाने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले उच्च तहको प्रतिनिधित्व हुनेगरी दार्चुला क्षेत्रको स्थलगत अध्ययन अवलोकन भ्रमणको तयारी गरेको थियो । तर भ्रमणका लागि निर्धारित मिति पटक पटक गरी पाँच पटक सरेर अन्तिम समयमा स्थगित भएपछि बजेट अधिवेशनको अवधिमा जाने सहमति भएको समितिका एक सदस्यले जानकारी दिएका छन् । 

समितिको टोली सुरुमा वैशाख १४ मा जाने मिति तय भएको थियो । त्यसपछि वैशाख २३, २४ र २५ गते गर्दै विभिन्न कारण देखाउँदै सारिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालकै आग्रहमा पर्सि २८ गतेबाट सुरु हुने बजेट अधिवेशन चलेकै अवधिभित्र दार्चुला जाने सहमति भएको बुझिएको छ ।

संसदीय समितिको भ्रमण स्थगित भएपछि गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर हिजो मंगलबार दार्चुलाको टिंकर क्षेत्रको सीमा अवलोकन गरेर फर्किएका छन् । 

गृह मन्त्रालयका प्रवक्ता नाराय प्रसाद भट्टराईका अनुसार, सचिव र महानिरीक्षक सुदूरपश्चिमको सीमा क्षेत्रको स्थलगत अवलोकन गरेर हिजै काठमाडौं फर्किएका छन् । प्रधानमन्त्री दाहालकै निर्देशन अनुसार उनीहरु गुप्त रुपमा भ्रमणमा निस्किएका थिए ।

कारण बन्यो चुच्चे नक्शा 

संसदीय टोलीको दार्चुला भ्रमण स्थगित हुनाको मुख्य कारण थियो नेपालको चुच्चे नक्शा । नेपाल राष्ट्र बैंकले सय रुपैंयाँको नोटमा नेपालको पछिल्लो चुच्चे नक्शा छाप्ने भनेर गरेको तयारी नै भ्रमण स्थगितको कारण हो । सयको नोटमा त्यो नक्शा छाप्ने तयारीको सूचना सार्वजनिक प्रचारमा आएपछि तत्कालै भारतले विदेशमन्त्री तहमा प्रतिक्रिया जनाएको थियो ।

विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फि रुपमा चुच्चे नक्शा छाप्दैमा यथार्थ परिवर्तन हुननसक्ने भनेर स्पष्ट प्रतिक्रिया जनाएका थिए । त्यसपछि यहाँ भारतको प्रतिक्रियाबारे प्रधानमन्त्रीले सम्बन्धित अधिकारीहरुसँग अनौपचारिक परामर्श गरेका थिए । त्यसपछि संसदीय समितिको टोली तत्काल दार्चुला जान हतार गर्न नहुने भन्ने निष्कर्ष निकालेपछि अरु नै कारण देखाएर भ्रमण स्थगित गरिएको थाहा भएको छ ।

रक्षामन्त्री हरि उप्रेतीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई आफू भ्रमणमा जान असमर्थ भएको बताउँदै प्रधानसेनापतिलाई सँगै लिएर जान सुझाएका थिए । 

सभापति खतिवडाले भने बजेट अधिवेशन बस्न लागेको र प्रधानमन्त्री पनि जरुरी कार्यमा व्यस्त हुनुपरेकाले भ्रमण पर सरेको बताए । तर बजेट अधिवेशनकालमै भ्रमण हुने उनको भनाई छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार